October 17, 2021

Halkhabar kura

Entertainment Site

शुक्रवार थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि, २१ जनाको मृत्यु

1 min read

काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ५ सय २२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ भने ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.