October 28, 2021

Halkhabar kura

Entertainment Site

फेरि बढ्ने भयो वृद्धभत्ता ! कति पुग्ने ?

1 min read

काठमाडौं, नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले सरकारलाई सफल बनाउन लागिपर्ने बताएका छन् ।उनले आफूलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए ।२०७० सालको संविधानसभा चुनावमा प्रचण्डसँग झिनो मतले पराजित श्रेष्ठले मन्त्री बन्ने अवसरका लागि प्रचण्डलाई समेत धन्यवाद दिए ।आफू पुरुष भएपनि आधा आकाश ढाकेका महिलाको क्षेत्रमा काम गर्ने उनले बताए । ‘सरकारको यो कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्‍याउने किसिमले काम गछौं,’ मन्त्री श्रेष्ठले भने ।

यो पनि पढ्नुहोस्, स्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड-१९)को खोप नपाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समुहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी हुन् ।स्वामीनाथनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, फ्रन्टलाइन कर्मचारी र वृद्धद्धृद्धाहरुले यो खोप पाउने बताइन् । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उनको भनाइ छ ।

‘मानिसहरुले अहिेल जनवरीको सुरुमा वा अप्रिलसम्ममा मैले खोप पाउँछु र त्यसपछि सबैकुरा पहिलाको जस्तै हुन्छ भनेर सोचिरहेका छन्’, स्वामीनाथनले भनिन्, ‘तर, यसले त्यसरी काम गर्दैन ।’स्वामीनाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताइन् । यद्यपि त्यो खोप पनि सीमित परिणाममा पनि उपलब्ध हुने उनको भनाइ छ । अहिले विश्वभर १० भन्दा धेरै कोरोना खोप तेस्रो चरणको परीक्षणमा छन् ।

डब्ल्यूएचओजस्तै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि खोप उपलब्ध भएपछि सबैभन्दा पहिला कसलाई प्राथमिकता दिने भन्ने सूची तयार पारिरहेका छन् ।स्रोत :सीएनबीसी

Leave a Reply

Your email address will not be published.