October 19, 2021

Halkhabar kura

Entertainment Site

महानगरीय प्रहरी बृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

1 min read

महानगरीय प्रहरी बृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि बृत्तको काम कारवाही प्रभावित बनेको छ ।केही दिन अघि बृत्तमा कार्यरत एक सय तीस जना प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये ६३ जनामा कोरोना पुष्टि भएपछि बृत्तको काम कारवाही प्रभावित बनेको हो ।

एकै पटक धेरै प्रहरी संक्रमित भएपछि बृत्तमा मुद्धा फाँटको मात्रै काम भइरहेको महानरीय प्रहरी बृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले बताए । कोरोना संक्रमण नदेखिएका प्रहरीहरुलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा सधैजसो भीडभाड हुने थिमी बृत्त अहिले भने सुनसान जस्तै बनेको छ अत्याश्यक बाहेक थिमी प्रहरी बृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बृत्तका प्रमुख कँडेलले बताए । संक्रमित प्रहरीहरुलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा राखिएको उनले बताए । त्यस्तै, दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.