September 29, 2020

Halkhabar kura

Entertainment Site

न्या’य नपाएपछि बला’त्कृत किशोरीले गरिन् आ’त्मह’त्या

1 min read

सप्तरीमा न्या’य नपाएपछि एक बला’त्कृत किशोरीले आत्मह’त्या गरेकी छिन् । बला’त्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चे’तावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्मह’त्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सा’मूहिक बला’त्कार भएको पी’डितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरु’द्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै त’नावमा परेकी थिइन् ।

घट’नास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्मह’त्या गरेकी हुन् ।

मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरो’पितहरूबाट रु ५५ हजार क्ष’तिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।

साना घट’नामा प्रहरी कार्यालय आउने तर संवे’दनशील घट’ना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घट’ना अनु’सन्धान गर्न र अप’राधी प’क्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताए । घट’नाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घट’नास्थल पुगेर अनु’सन्धान गरेको छ ।

घट’नास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।

किशोरीको मृ’त्युपछि सामूहिक बला’त्कारका चार आ’रोपित गाउँबाट फरार भएका छन् । घ’टनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षति’पूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने प’क्राउ गरेको छ ।

प’क्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नि’यन्त्रणमा राखिएको छ । मृ’तकको श’व मङ्गलबार राति राजविराज ल्याइएको छ । प्रहरी निरीक्षक खड्काले श’वको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिए । source; news24nepal

Leave a Reply