September 29, 2020

Halkhabar kura

Entertainment Site

मन्त्रिपरिषदको निर्णय बाट बढायो गाडीभाडा

1 min read

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज ५ गतेदेखि लामो दुरीका यातायात र आन्तरिक हवाइ उडान खुलाउने निर्णय गरेको केही मन्त्रीहरुले मिडियालाई बताएका थिए । तर मंगलबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक पत्रकार सम्मेलनमा असोज १ गतेबाटै बस र विमानहरु चल्न दिने निर्णय सुनाए ।

जनचासोको महत्वपूर्ण विषयमा क्याबिनेटको निर्णय स्पष्ट रुपमा बाहिर नआउँदा यातायात सञ्चालकहरु असोज ५ कै तयारीमा थिए । सम्भवतः यही कारणले हुनुपर्छ, हवाई यातायत सञ्चालकहरु १ गतेबाटै उडान थाल्ने सरकारी निर्णय कार्यान्वयन हुन नसक्ने निश्कर्षमा पुगेका छन् ।

०७६ साल चैत ११ देखि सरकारले रोकेको लामो दुरीको यातायात सञ्चालनका लागि सरकारले केही शर्तहरु तोकेको छ । र, यो अवधिका लागि ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारले अनुमति दिएको छ । तर, हवाइ भाडा चाहिँ सोमबारको मन्त्रिपरिषदले तोक्न सकेको छैन, जसले गर्दा व्यवसायीहरु कति रुपैयाँको टिकट काट्ने भन्ने अन्यौलमा परेका छन् । सरकारले हवाई भाडा पनि बढाउन पाउने संकेत दिएको छ ।

कसरी चल्छन् लामोदुरीको यातायात ?

‘लामो दुरीका सवारी साधनहरुको आवागमनमा हामीले लामो समयसम्म रोक लगायौं, यसबाट व्यवसायी र यात्रुहरुलाई पनि कठिनाइ भयो’ मंगलबार परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘असोज १ गतेदेखि लामो दुरीका सवारी साधनहरुलाई खुल्ला गरेका छौं । तर, यसका लागि हामीले केही निश्चत शर्तहरु तोकेका छौं । यसको कडाइका साथ पालना गर्न आग्रह गर्छाैं ।’

मन्त्री ज्ञवालीका अनुसार बिहीबारदेखि सञ्चालन गर्न पाइने लामोदुरीका सवारी साधनमा प्रयोग गरिनुपर्ने शर्तहरु यस्ता छन्-

सवारी साधनमा ५० प्रतिशतमात्रै यात्रुहरु राख्न पाइनेछ ।भौतिक दुरी कायम हुने गरी एक पंक्तिको सीटमा एकजनामात्रै यात्रु राख्नुपर्ने छ । सीटबाहेक यात्रुहरु राख्न पाइने छैन ।सबै यात्रुहरुले मास्क अनिवार्यरुपमा लगाउनुपर्नेछ ।यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारीसाधनभित्र अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

लक र सहचालकले मास्क, भाइजर र पञ्जाहरु लगाउनुपर्नेछ । सवारी साधनलाई दैनिकरुपमा डिसइन्फेक्सन गरिरहनुपर्नेछ ।यो अवस्था रहँदासम्म तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म सवारी साधनका सञ्चालकहरुले लिन पाउनुहुनेछ ।यस सम्बन्धमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्डहरु बनाउन सक्नेछन् र ती मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्नु सवारी चालकहरु र यात्रुहरुको कर्तव्य हुनेछ । र, यसको अनुगम यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले गर्नू/गराउनुपर्नेछ ।संक्रमणको जोखिम बढ्दै गयो भने रिस्कको एनालाइसिस गरेर स्थानीय प्रशासनले आवश्यक थप निर्णयहरु गर्न सक्नेछ । (अर्थात, यातायात सञ्चालनमा रोक लगाउन सक्नेछ)#online khabar

Leave a Reply