October 17, 2021

Halkhabar kura

Entertainment Site

डा. भट्टराईको प्रहार ओलीपक्षमाथि : ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ?’

1 min read

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यरातमा लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएपछि त्यो सरकार अन्त्य हुनेतर्फ गएको संकेत गरेका छन् ।

अधिवेशन अन्त्य गर्ने सो कदमलाई ओलीप्रवृत्तिको संकेत दिँदै भट्टराईले केहिदिन मात्र तिनिहरुको राज सकिने बताए ।

बजेट पारित हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका थिए ।

‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ? ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ? आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवादरफासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आ’त्मह’त्या गरेथ्यो ?’ भट्टराईले ट्विट गर्दै भने ।