September 24, 2021

Halkhabar kura

Entertainment Site

यो प्रश्नको जवाफ खोज्न नेतृत्व तयार नभएसम्म यस्ता दु’र्गतिहरु अरु भोग्न तयार रहौं !

1 min read

-खतिवडा योगेन्द्र

नेपाल देब भुमी हो , नेपाल तपो भुमी हो , नेपाल साक्षात रुपमा भगवानको निगरानिमा संचालित पबित्र धाम हो ।

तर आफ्ना मानबिय आबस्यकता पूरा गर्न हामिले , खोला भनेनौं नाला भनेनौ, पहाड भनेनौं , चट्टान भनेनौं , पुल पुलेसा , मठमन्दिर भनेनौं, तिर्थ स्थल भनेनौं , समाधी स्थल सम्म आफ्नो अनुकुल मोडिफाइ भए, संस्कार संस्कृती , रितिरिवाज , चालचल त झन भन्दै भनेनौ ।

आफ्नो अनुकुल नहुने बित्तिकै पर्यावरणलाइ पाँच तारे होटेल्मा vip लेवल्मा हुने बलात्कार जसरी बाहिर नआउने गरि प्रकृतिको दोहन आफू र आफ्ना गुन्डा मार्फत गरिनै रह्यौं / गरि रहेकै छौं ।

ठुला परियोजनाको नाम दिएर साना साना प्रकृतिक संपदा सम्म हामिले जगेर्ना गर्दै गरेनौं । काठमाडौंको राजनैतिक प्रतिस्पर्धा मा म पछि पो पर्दछु कि भनी आ आफ्नो नाम चम्काउन , परियोजनाको सम्पुर्णता मात्रै हैन , परियोजना स्थल वरपर जल जमिन र जंगलको खुलेआम लाइन लागेर बलात्कार गर्दाको परिणती हो आज सिन्धुपाल्चोक प्राकृतिक प्रकोप कान्ड ।

केही साल अगावै तलको तस्बिरले ४० बढि भौतिक सरिरको ज्यान लिइ मलाइ अरु दोहन सैह्य छैन भनेर चेतावनी दिएकै थियो। तर हामिले हैट तँ चुप भनेर उल्टै थर्काइ सम्मुखमै बलात्कार गरिनै रह्यौं ! यसरी बलात्कार गरिम बालात्कृतको चीत्कार मेलम्ची वरपर सिन्धुपाल्चोकको कयौं भुभाग सम्मै सुनिन्थ्यो तर हामिले मुख थुनी थुनी लाइन लागेर बलात्कार गरिनौ रह्यौं प्यास अझै बुझेन गरिरहेछौं ! गुन्डाबाट गरिम , डन बाट गरिम , ट्याक्सी चालक , टिपरचालक , क्रसर संचालक , फटक सिला इन्द्र्वती देबि देवताको नामलाई समेत पुकार्दै सबै बाट गरिम अनि यी सबैका मालिक काठमाडौ बसेर देस बलात्कार गर्ने दलाल्हरुबाट झन नग्न पारेर मुखमा बुझो कोचेर प्राण जाउन्जेल आधा शरीर रगत्मा लत्पतिन्जेल सम्म गरिनै रह्यौं ।

त्यसैले आजको यो बिपत्तिमा कयौं निर्दोस निहथ्था सर्बसाधारणको ज्यान गयो , अङ्गभङ्ग भयो , लाखौको जीवन भरको कमाइले बनेको घर क्षण भरमै खरानी भयो, कता गयो कता , हजारौं को बिचल्ली भयो , उठ्नै नसक्ने गरि आज् जे भयो अब हिजोकै अवस्थामा पुग्न कल्पना गर्न यो सताब्दिमै संभावना होला झैं नलाग्ने स्थिती पैदा भयो ।

आखिर फेरि पनि किन भयो ? यो प्रस्नको जवाज खोज्न नेतृत्व तयार छैन , जवसम्म तयार रहदैन दुर्गती अरु भोग्न तयार रहनु पर्नेछ ।

अन्त्यमा ,

यो संकटको घडिमा आफ्नो अनुकुल हुदा मात्रै उद्दारमा हात हाल्ने नेपाल सरकारको कामको ढाँचा धेरै पैला चेन्ज हुन पर्थ्यो अझै भएन ( उदाहरण : के सेनाका ती कयौं हेलिकप्टर उद्दारमा हिजो बेल्कै देखि रात भर खटिन सक्दैन थिए ??) जब सम्म नागरिक प्रतिको कर्तब्य बोध राज्यलाइ हुन्न तबसम्म यस्तो भौगोलिक बनोट भएको देसमा हामिले यसरिनै पिसोल्टी रहनु पर्नेछ ।

उठौं जुटौं र लागौं , बाँचौं र बचाऔं , जय पसुपतिनाथ जय गोरखनाथ जय सम्भयाबी ।