October 19, 2021

Halkhabar kura

Entertainment Site

मदन-जिबराज स्मृ’ति दिवस – जेठ ३ !

1 min read

खतिवडा योगेन्द्र

चीनमा होस् या अन्य देशमा, क्रान्तिपछि गरीखाने वर्गको शासनभन्दा बेसी पार्टीले, पार्टीका नाममा पनि नेतारुपी नोकरशाहहरूले शासन गर्दै जनवादी केन्द्रीयतालाई रछ्यानमा फ्याँकेको इतिहास मौलाएको छ आज !

माओका अनुसार नयाँ जनवाद भनेको मजदुर वर्गको नेतृत्वमा स्थापना हुने जनवादी शासनसत्ता हो । त्यसमा अन्य दलको भूमिका पनि हुन्छ, तर राष्ट्रिय, प्रान्तीय, नगर र गाउँबाट चुनिने जनसभाबाट सम्बन्धित स्थानिय तह हुँदै केन्द्रले आफ्ना जननिर्वाचित जनप्रतिनिधि मार्फत शासन गर्दछन भन्ने हो स्थिती हेर्दा दुरुस्तै देखिन्छ । त्यसैलाई उनी ‘जनवादी केन्द्रीयता’ वा प्रजातन्त्रमा आधारित केन्द्रीयताको अभ्यास भन्ने गर्थे तर आज ??
हर सवाल , नीति , सिद्दान्त त ब्यबहारमा यो देसमा कम्युनिस्टको आधारमा हामी आफैंले सवाल खडागर्न परेको स्थिती छ ।

स्थिती यस्तो दुस्चक्रमा पुगेको बेला मदन मारिए कि भण्डारीले कोरेको जबज क्रान्तिको सिद्धान्त हो कि राजनीतिक कार्यनीति हो, एमाले आफैँ आज सम्म स्पष्ट छैन र त कैले प्रचन्ड को टाइको टुप्पो समाउन पुग्छ भने कैले माथी बुढानिलकण्ठ का बृद्द काङ्ग्रेसलाई सत्ताका लागि गुहार्न पुग्दछ ।

आज जेठ ३ हो

मदनलाइ सम्झी सम्झी लेखिरहेको छु :

म सानो ८/९ बर्सको मात्रै थिँए मदन मारिदा जिबराजलाइ तृशुलिमा डुबाँइदा !
जति बेला म तेरथुमको फाक्चामारा गाउँ कमिटिको कुनै विशेष जिम्मेवारि + इलाका न ६ सचिबको जिम्मेवार युबा कम्निस्टको निजि सचिब जस्तै थिए !!

कसरी भने: म तिक्ष्ण थिए होला सायद अनि मलाइ इलाका कमिटी र गाउँ कमिटिका मिटिङ्का लागि चिठी काट्न, काटिएका चिठी बोकेर स्कुल स्कुल्का साथी बाट माथी पस्चिम्मा ओलाङ्चुङ गोला (आङ्दिम का विभिन्न भाग) मा छरिएर रहेका कम्युनिस्ट योद्द्दाका हातहातमा , उत्तरमा केउरिनि हुँदै साख्मा ( हाल ओख्रे र सुदापका विभिन्न भाग), दक्षिणमा लुकुवा माङ्मालुङ खिरखिरे र वासिका (पन्चकन्याका विभिन्न भाग )र पुर्बमा मेरो आफ्नै गाबिस फाक्चामाराको तिर देखि सिर सम्मका एमालेजनहरूको हात हातमा मैले मेरा साथिहरु मार्फत म बाट एमाले निकट गुरुहरु मार्फत ती सन्देसहरु डिस्टृब्युसन हुन्थे र तोकिएकै मिति समय र स्थान्मा भेला भै मदन भन्डारि मार्फत केन्द्रबाट आएका , जिल्लाबाट आएका सर्कुलरहरुमा घनिभुत बहस भै निर्णयमा दर्ज हुन्थे ।

यो चलन करिब ०४६ बाटै सुरु भै ०४८/०४९ बाट थप जिम्मेवारी लिदै मेरो आदरिण अभिभावक कम्युनिस्ट योद्दा मार्फत थप जिम्मेवारी लिदै निरन्तर रुपमा करिब ०५६/५८ सम्मै चल्यो!

मित्रहरु
आज पनि ती सभा सम्मेलन सेमिनार गोस्ठि , मिटिङ बैठक मेरो स्थानिय तहमा मात्र नभई देसै भरीका एमालेजनहरु बाट त्यस्तै सबै चिज भै रहेकै छन। तर एमाले जनहरुले स्पष्ट भाषामा आज पनि के भन्न सकेका छैनन् भने हाम्म्रो एजेन्डा पुरानै धनवादी प्रजातन्त्र, नयाँ जनवादी कार्यक्रम र जबजको कार्यक्रमबीच के के भिन्नता र द्वन्द्व छन् ?

यी मुद्दा आज पनि घाममा मस्त सुति रहेछन तर देस धेरै पर धकेली सकेको छ । कम्युनिस्टहरु आज टुक्रा टुक्रा भएको माटाको हन्डी फेरि जोड्न हुङ्कार मच्चाउदै छन तर स्थिती झन बिगारिदै लगेको प्रस्ट आँकलन गर्न सकिन्छ ।

मित्रहरु
आज देसको परिस्थिती बदलिएको छ , मदनकी आफ्नै जीवन साथी दोश्रो कार्यकाल् सहित देसकै सर्बोच्च ओहोदामा आसिन भएकी छिन , देसका जिल्लै पिच्छे जस्तो मदन् भन्डारिका नाममा फाउन्डेसनहरु खोलिएका छन , सतहलाइ भुलेर आवरणलाइ मात्रै हेर्ने हो भने वाह क्या काम भएको भन्ने स्थिती जन्मिएको छ तर यथार्थ ??
मित्रहरु


यथार्थ भयाबह छ मदन र जिबराजका नाममा खोलिएका फाउन्डेसन भित्र मानिस पासो लगाएर मारिन थालिएको छ ,(यस्को ज्वलन्त उदाहरण केही महिना अघि मात्रै उर्लाबारी स्थित मदन भन्डारी फाउन्डेसनका कर्मचारी मुक्ती दाहाल्को कार्यालय भित्रैको हत्या प्रकरण हेर्न सकिन्छ ) ती फाउन्डेसन्हरु एक प्रकारले भन्ने हो भने ठेग्दारी प्रथामा रुपान्तरण भएको जस्तो लाग्छ , फाउन्डेसनमा काम गर्नेहरु लगभग कम्युनिस्टका नाम्म पेटि ठेग्दारको पारामा कन्भर्ट भै देसका सबै जसो भु भाग्मा मदनको नाम बेची आतंक मच्चाइ रहेका छन ।

आदरणिय कम्युनिस्ट मित्रहरु :
२०४६/४७ शाल तिर लाई सम्झी मदनका भासण सम्झने हो भने आज पनि सरिरमा काँडा उम्म्रन्छन भने पैताला देखि सिरि चढेर आँउछ तर देसमा कम्युनिस्ट आज मदनकै सिद्धान्तधारिहरुलाई अबत मद्यमार्गी कम्युनिस्ट भन्न पनि सरम लाग्दो स्थिती पैदा भएको छ ,लाग्छ माथी बाट हेरि रहेका नेता द्वयको मन्मा के बितिरहेको होला ?
मदनले प्रतिपादन गरेको नीति सिद्धान्त र कार्यक्रम आज उनैले छोडेर गएका बिरासतहरुबाट जलाएर गुट उपगुटमा बिभक्त भै उन्कै सिद्दान्तको आगो तापिदै गरेको स्थिति छ ।

यो देसमा मदन भन्डारिको नेतृत्वले जनताका दैनिकी फेरिन्नन भनेर अर्को क्रान्ती सफल गर्न भनी होमिएको मावोबादी नामको प्रचन्ड र बाबुरामले त्यतिबेला नेतृत्व गरेको तात्कालिन मावोबादी आज ६ चिरा बढिमा चिरिई आफ्नै अस्तित्वको खोजिमा रुमलिएको छ ।

यो स्थितिमा भोलि कथम कदाचित कोहि सच्चा कम्युनिस्ट यो देसमा फेरि उदाए मदनका हत्यारा पत्ता लगाउन सक्छन भनी उन्का निजि ड्राइभर अमरलामालाई समेत तात्कालिन मावोबादिहरुले किर्तिपुरको नया बजारमा बिच बजार्मै निर्मम हत्या गरे र त्यो झिनो प्रमाण पनि आज नस्ट गरे !

यी शृङ्खलाबद्ध घटना हेर्दा यस्तो लाग्छ कि मदन र राजा बिरेन्द्रको बंस नाशमा बर्तमान कम्युनिस्टहरुकै कहिँन कहि मिलेमतो छ कि भन्ने रहस्य खोज्ने हिम्मत गर्ने कम्युनिस्ट योद्दा यो देसको अबको आबस्यकता हो !
अन्त्यमा
वर्तमान युगको विकसति माक्र्सवाद औधोगिक सर्वहाराहरुको मात्र होइन, किसानहरुको समाजिक मुक्ति र राष्ट्रिय स्वाधिनाको मार्गदर्शक सिद्धान्त पनि हो भन्थे मदनले तर आज बर्तमानमा मदनले छोडेर गएको बिरासतले उन्का मुद्दामा केके गर्यो, सवाल उत्पन्न भएको छ ।
समाजको चासो र व्यवहारको विषय नबनाइ समाजवाद आउन र कायम हुन सक्दैन भन्थे मदनले यो बिसयमा कस्तो अभ्यासमा छ आज एमालेमा ? त्यो बर्तमान सत्ता संचालनको तरिका हेर्दा छर्लङ्ग हुन्छ ।

गुणको मुल्य तिरेर सँख्या विस्तार गर्ने शैलिलाई हतोत्शाहि र अन्त्य गर्नुपर्दछ भन्थे मदनले तर आज ठिक उल्टो बाटो अपनाएका छन एमालेहरुले !

अनुशासन विनाको स्वतन्त्रता स्वेच्छाचारिता हुन्छ र स्वतन्त्रता विनाको अनुशासन निरंकुशता हुन्छ भन्थे मदनले तर आज हेरौंत ??
सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्थे मदनले तर आज ठिक उल्टो भएको छ ।

पूृर्वाग्रह र प्रतिसोध प्रजातान्त्रिक गुण होइन भन्थे मदनले तर आज कम्युनिस्टहरुबाटै बिचार नमिल्दै हत्या हिंसा र बलात्कार सम्मका पासविक काम गर्न कुनै हिचकिचावट देखिदैन भने यो देसमा उन्ले देखाएर गएको बाटोमा यो देसका कम्युनिस्टहरु कैले हिड्लान ?
उन्को हत्याको खोजी र बदला लिन सक्ने युग पुरुस देसले चाँडै पावोस र यो देसमा पुन सुद्दृण इमान्दार स्वस्थ र निस्ठा पुर्बक अडान लिन सक्ने नेता देसले पुन: प्राप्त गरोस भन्दै नेता द्वय प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।