November 28, 2021

Halkhabar kura

Entertainment Site

बलिउड अभिनेता अजय देवगणको ‘मैदान’ का लागि ७ करोडको सेट

1 min read

एजेन्सी । कोरोना भाइरसका कारण भारत लकडाउनमा जानु अगाडि बलिउडका विभिन्न चलचित्रको छायांकन चलिरहेको थियो । सो समयमा नायक अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘मैदान’को पनि छायांकन चलिरहेको थियो ।

तर, लकडाउनका कारण चलचित्रको छायांकन रोकियो । यो चलचित्रका लागि यसको निर्माणपक्षले मुम्बइमा फुटबल मैदान नै तयार पारेको छ । जसको कुल बजेट ७ करोड बताइएको छ ।

तर, यो फुटबल मैदानमा चलचित्रको छायांकन भने भएको छैन । यसको निर्माणपक्षले मेको तेश्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारी गरेको थियो । तर, भारतमा मेको ३ तारिखसम्म लकडाउन नै छ ।

यसपछि पनि लकडाउन जारी रहेको अवस्थामा यो खेल मैदान नष्ट हुने अवस्थामा पुग्नेछ । किनकी, यसपछि पानी पर्ने मौसम सुरु हुदैँछ । पानी परेपछि खेल मैदान छायांकन नै गर्न नमिल्ने गरि नष्ट हुनेछ ।

यसो भएको खण्डमा, यो चलचित्रका निर्मातालाई आर्थिक समस्या पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हुनत, यो चलचित्रका निर्मातालाई मात्र होइन, बलिउडका अन्य कैयौ निर्माण कम्पनी कोरोनाका कारण जारी रहेको लकडाउनका कारण समस्यामा परेका छन् ।

कोरोना भाइरसका कारण भारत लकडाउनमा जानु अगाडि बलिउडका विभिन्न चलचित्रको छायांकन चलिरहेको थियो । सो समयमा नायक अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘मैदान’को पनि छायांकन चलिरहेको थियो ।

तर, लकडाउनका कारण चलचित्रको छायांकन रोकियो । यो चलचित्रका लागि यसको निर्माणपक्षले मुम्बइमा फुटबल मैदान नै तयार पारेको छ । जसको कुल बजेट ७ करोड बताइएको छ ।

तर, यो फुटबल मैदानमा चलचित्रको छायांकन भने भएको छैन । यसको निर्माणपक्षले मेको तेश्रो साताबाट चलचित्रको छायांकन गर्ने तयारी गरेको थियो । तर, भारतमा मेको ३ तारिखसम्म लकडाउन नै छ ।

यसपछि पनि लकडाउन जारी रहेको अवस्थामा यो खेल मैदान नष्ट हुने अवस्थामा पुग्नेछ । किनकी, यसपछि पानी पर्ने मौसम सुरु हुदैँछ । पानी परेपछि खेल मैदान छायांकन नै गर्न नमिल्ने गरि नष्ट हुनेछ ।

यसो भएको खण्डमा, यो चलचित्रका निर्मातालाई आर्थिक समस्या पर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हुनत, यो चलचित्रका निर्मातालाई मात्र होइन, बलिउडका अन्य कैयौ निर्माण कम्पनी कोरोनाका कारण जारी रहेको लकडाउनका कारण समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published.