January 21, 2022

Halkhabar kura

Entertainment Site

आज चट्याङ हावाहुरीको सम्भावना छ, ज्यान जोगाउनू: मौसमविद्

1 min read

काठमाडौं । आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आउने र च-ट्या-ङ- पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आ-ग्र-ह- गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

‘काठमाडौं उपत्यकाका उत्तर-पश्चिम तथा नुवाकोट, धादिङ र रसुवामा बिहानै मे-घ-ग-र्ज-न, वर्षा र हावाहुरी सुरु भइसकेको छ,’ बिहीबार बिहान उनले भनिन्, ‘यो बिस्तारै देशका अन्य स्थानमा पनि सुरु हुने क्रममा छ।’

मौसविद् बासीका अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।

‘वर्षा पनि हुन्छ तर हल्का,’ उनले भनिन्, ‘अहिले बाढीपहिरो जाने वर्षा त हुँदैन तर डर हावाहुरी र चट्याङको हो, कतिपय ठाउँमा चट्याङले मानिसको ज्यान लिइरहेको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ।’

उनका अनुसार आज त्यस्तो ठूलै खालको हावाहुरी नआए पनि सामान्यभन्दा अलि बलियै खालको आउने सम्भावना छ। यो खबर लेख्दासम्म मौसमविद् बासीले तराई क्षेत्रमा भने मौसम आंशिक (घाम बादल घाम) मात्र भएको र देशका बाँकी सबै स्थानमा मौसम सामान्य बदली रहेको उनले बताइन्।

स्थानीय वायु तथा पश्चिमी वायुसमेतको संयुक्त प्रभावले मौसम बदली भएको हो। अहिले नेपालमा प्रिमनसुन चलिरहेको छ। यो हावाहुरी, मेघगर्जन र चट्याङको बढी हुने मौसम हो।

आज (बिहीबार) काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

‘काठमाडौं उपत्यकाका उत्तर-पश्चिम तथा नुवाकोट, धादिङ र रसुवामा बिहानै मेघगर्जन, वर्षा र हावाहुरी सुरु भइसकेको छ,’ बिहीबार बिहान उनले भनिन्, ‘यो बिस्तारै देशका अन्य स्थानमा पनि सुरु हुने क्रममा छ।’

मौसविद् बासीका अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।

‘वर्षा पनि हुन्छ तर हल्का,’ उनले भनिन्, ‘अहिले बाढीपहिरो जाने वर्षा त हुँदैन तर डर हावाहुरी र चट्याङको हो, कतिपय ठाउँमा चट्याङले मानिसको ज्यान लिइरहेको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ।’

उनका अनुसार आज त्यस्तो ठूलै खालको हावाहुरी नआए पनि सामान्यभन्दा अलि बलियै खालको आउने सम्भावना छ। यो खबर लेख्दासम्म मौसमविद् बासीले तराई क्षेत्रमा भने मौसम आंशिक (घाम बादल घाम) मात्र भएको र देशका बाँकी सबै स्थानमा मौसम सामान्य बदली रहेको उनले बताइन्।

स्थानीय वायु तथा पश्चिमी वायुसमेतको संयुक्त प्रभावले मौसम बदली भएको हो। अहिले नेपालमा प्रिमनसुन चलिरहेको छ। यो हावाहुरी, मेघगर्जन र चट्याङको बढी हुने मौसम हो।

Leave a Reply

Your email address will not be published.