January 21, 2022

Halkhabar kura

Entertainment Site

माक्ससहितका सामग्रीको उत्पादन तत्काल ४० प्रतिशतले बढाउनु पर्छ : डब्लुएचओ

1 min read

एजेन्सी । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अत्यावश्यक पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) को उत्पादन ४० प्रतिशतले वृद्धि गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले माग गरेको छ ।

उत्पादन कम्पनी तथा सरकारहरुले पिपिइ सामग्रीको उत्पान तत्काल ४० प्रतिशतले बढाउन सके मात्रै मागलाई धान्न सकिने डब्लुएचओले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले माग बढेको तथा मानिसहरुले आवश्यकता भन्दा बढी सामग्री किन्न थालेका कारण मास्कसहितका पिपिई सामग्रीको अभाव विश्वव्यापी बनेको छ ।

पिपिई सामग्रीको अभाव, आवश्यकता भन्दा बढी किन्ने बानी तथा दुरुपयोगका कारण कोरोनासँगै अरु संक्रामक रोगहरु फैलिने जोखिम बढेको डब्लुएचओले जनाएको छ ।

पिपिई सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिम तानिने र त्यसले गर्दा संक्रमण थप भयावह बन्ने भएकाले तत्काल उत्पादन वृद्धि गर्नु पर्ने माग गरिएको हो ।

ग्लोब्स, मेडिकल माक्स, रेस्पिरेटर्स, गगल्स, गाउन, एप्रोनसहितका सामग्रीको अभावका कारण डाक्टर, नर्स, स्वास्थ्य अधिकारी तथा उनीहरुको सेवा प्रभावित भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि सर्जिकल माक्सको मूल्य ६ गुणा तथा एन ९५ रेस्पिरेटरको मूल्य तीन गुणाले बढेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अत्यावश्यक पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट (पिपिई) को उत्पादन ४० प्रतिशतले वृद्धि गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले माग गरेको छ ।

उत्पादन कम्पनी तथा सरकारहरुले पिपिइ सामग्रीको उत्पान तत्काल ४० प्रतिशतले बढाउन सके मात्रै मागलाई धान्न सकिने डब्लुएचओले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले माग बढेको तथा मानिसहरुले आवश्यकता भन्दा बढी सामग्री किन्न थालेका कारण मास्कसहितका पिपिई सामग्रीको अभाव विश्वव्यापी बनेको छ ।

पिपिई सामग्रीको अभाव, आवश्यकता भन्दा बढी किन्ने बानी तथा दुरुपयोगका कारण कोरोनासँगै अरु संक्रामक रोगहरु फैलिने जोखिम बढेको डब्लुएचओले जनाएको छ ।

पिपिई सामग्रीको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिम तानिने र त्यसले गर्दा संक्रमण थप भयावह बन्ने भएकाले तत्काल उत्पादन वृद्धि गर्नु पर्ने माग गरिएको हो ।

ग्लोब्स, मेडिकल माक्स, रेस्पिरेटर्स, गगल्स, गाउन, एप्रोनसहितका सामग्रीको अभावका कारण डाक्टर, नर्स, स्वास्थ्य अधिकारी तथा उनीहरुको सेवा प्रभावित भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि सर्जिकल माक्सको मूल्य ६ गुणा तथा एन ९५ रेस्पिरेटरको मूल्य तीन गुणाले बढेको छ ।

Leave a Reply

Your email address will not be published.