November 28, 2021

Halkhabar kura

Entertainment Site

मुलुकको विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलापजारी रहेको छ: प्रधानमन्त्री ओली

1 min read

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न शक्ति केन्द्रहरु सरकार ढाल्ने षड्यन्त्रमा लागेको बताउनुभएको छ । झापाको दमकमा आयोजित सभालाई सम्बोधन गर्दै ओली विकासको रफ्तार रोक्न एकल बहुमतवाला सरकारलाई पनि ढाल्ने षड्यन्त्र भएको दाबी गर्नुभयो ।

सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रले षड्यन्त्र गरिरहेको ओलीको भनाइ थियो । उहाँले मुलुकको विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलापजारी रहेको भन्दै सरकार ढाल्ने षड्यन्त्र कहाँबाट भइरहेको छ भन्ने कुरा भने खोल्नु भएन ।

सरकारको दुई वर्ष पूरा भएको एकदिनपछि आइतबार प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो । सरकार दुई वर्ष पुगेपछि अविश्वासको प्रस्ताव संसदमा पेस गर्न सकिने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले षड्यन्त्र रचेको भरमा देश विकासको गति नरोकिने बताउदै आफू ५० वर्षदेखि निरन्तर विभिन्न पक्षसँग लड्दैअघि बढिरहेकाले सरकार विचलित नभइ अघि बढ्ने पनि दृढता व्यक्त गर्नुभयो ।

राजा फालेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि अझै संघर्ष समाप्त नभएको भन्दै प्रधानमन्त्री ओलीले जालझेल गरेर, शक्तिका भरमा अतिक्रमण गरेर हत्याएका सरकारी जमिन सरकारले फिर्ता ल्याउने अभियान सुरु गरिसकेको बताउनुभयो । सरकारले उच्चस्तरीय छानबिन मार्फत सरकारी जमिन अतिक्रमण भएको, जालझेल गरेर व्यक्तिगत बनाएको पुष्टि भएको खण्डमा सरकारले कुनै हालतमा फिर्ता ल्याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्नुअघि आइतबार आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको दमक नगरपालिकास्थित कृष्ण मन्दिर–बेलडाँगी कालोपत्रे सडकको उद्घाटन गर्नुभएको थियो । त्यस्तै, झापाको दमक र मोरङको मधुमल्ला जोड्ने गरी मावा नदीमा निर्माण भएको पुलको उद्घाटन गर्नुका साथै झापा, इलाम र पाँचथर जिल्लालाई जोड्ने रणनीतिक सडकको पनि शिलान्यास गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.