November 28, 2021

Halkhabar kura

Entertainment Site

सुनको मुल्य फेरि बढ्यो, आज ७६ हजार पाँच सयमा कारोबार

1 min read

काठमाडौं । सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनको भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।

चीनमा कोरोना भाइरस फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको नेपाल सुनचाँदी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुस, नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २८ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकेको छ ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७३ पैसा तोकेको छ ।

Leave a Reply

Your email address will not be published.