May 25, 2022

Halkhabar kura

Entertainment Site

एनआरएनएको चुनाव गराउने जिम्मा घलेलाई

1 min read

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवाद मिलाउने जिम्मे शेष घलेले पाएका छन्। संघको शनिबार भएको बैठकले संरक्षक परिषद्का अध्यक्ष शेष
घलेलाई महाधिवेशन गराउने जिम्मा दिएकोहो।घलेको अध्यक्षमा विवाद समाधान समिति बनाएकोछ।दशौं महाधिवेशन तथा आइसीसीको नयाँनेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा

सात सदस्यीय समिति गठन गरेको हो। समितिमा पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य छन्।समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन्। बैठकले संघको दशौं महाधिवेशन तथा आइसीसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ। आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ।
तीव्रगतिमा फैलने नयाँ भेरियन्टले चुनौती थप्यो : देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताएका छन्। देउवाले शनिबार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गर्दै यस्तो बताएका हुन्।

तीव्रगतिमा सङ्क्रमण फैलने नयाँ–नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ थियो। आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर लैजाने बताए। ‘ओमिक्रोनजस्ता भाइरस डरलाग्दो तरिकाले आइरहेको छ, सबै नागरिकलाई खोपको पूर्ण मात्रा दिएर कुनै पनि हालतमा नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउनुपर्ने, सीमा क्षेत्रमा होल्डिङ सेन्टरको स्थापना र चिकित्सकको व्यवस्था गर्नुपर्ने अवस्था छ’, उनले भने। कोरोनाविरुद्धको महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीको जीवन बिमा र सुरक्षाकर्मीलाई प्रोत्साहित गरिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो।

परीक्षणको दायरा बढाउन चिकित्सकको सुझाव
नेपालमा कोरोना सङ्क्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको सङ्क्रमणदरलाई कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका थिए। छलफलमा सहभागी चिकित्सकले अत्यन्तै तीव्रगतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमका बारेमा ध्यानाकर्षण गराए।

सहभागी विशेषज्ञ चिकित्सकले कोरोना सङ्क्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौँ उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।