October 19, 2021

Halkhabar kura

Entertainment Site

खुमलटारमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने कुरा चलेपछी…

1 min read

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवासमा राष्ट्रपतिदेखि प्रधानन्यायाधीशसम्मलाई आमाचकारी गाली गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटालाई संबिधानबिपरित संबैधानिक परिषदको बैठक बहिष्कार गराएपछि सरकारले अध्यादेश जारी गरेलगत्तै खुमलटारमा भेला भएका नेकपाका पाँच जना नेताको बैठकमा संबैधानिक पदमा बिराजमान तीन सम्माननीयकलाई आमाचकारी गाली गरिएको हो ।

प्रचण्ड–माधव नेपाल समुहको गुटको सदस्य रहेको कारण गुटको निर्णय अबज्ञा गरी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको संबैधानिक परिषद बैठक बहिष्कार गर्ने सभामुख सापकोटाको ब्यवहारका कारण सरकारले आज बैठक बसाएर निर्णय लिन अध्यादेश जारी गरेको छ ।

अध्यादेश जारी भएपछि खुमलटारमा भेला भएका समृद्धिबिरोधी नेकपाका पाँच भाईले सवैभन्दा बढी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामाथि आमाचकारी गाली गरेको स्रोतले बतायो । राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश चोलेन्द्रमाथि अध्यक्ष प्रचण्डदेखि बरिष्ठ नेता नेपाल र नारायणकाजी श्रेष्ठले आमाचकारी गाली गरेको र प्रधानन्यायाधीशमाथि त निकै आक्रोश पोखेर देखाइ दिनेसम्मको कुरा भएको हो । बैठक चलिरहेको बेला प्रधानन्यायाधीश जवरा संबैधानिक परिषदको बैठकमा सहभागी हुनुभएको तस्विर सार्वजनिक भएपछि प्रचण्डले गाली गर्न सुरु गर्नुभएको र नेपाल तथा श्रेष्ठले थप आक्षेप लगाएको स्रोतको भनाई छ ।

संबिधानत प्रधानन्यायाधीदेखि परिषदका कुनैपनि सदस्यले बैठक बहिष्कार गर्न मिल्दैन । प्रधानन्यायाधीश चोलेन्द्र न्यायपालिकाको समेत प्रमुख भएका कारण प्रचण्ड–माधवको इच्छा पूरा गरिदिन बैठक बहिष्कार गर्न मिल्दैन । ‘चोलेन्द्र सवैभन्दा खराव निस्कियो, बैठकमा गएर ओलीसँग संझौता गर्यो, बैठकमा जानै हुने थिएन,’ प्रधानन्यायाधीशमाथि आमाचकारी गर्दै बैठकमा प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘त्यसलाई महाअभियोग लगाउनुपर्छ र पदावधी हुँदासम्म छलफल नै अगाडि नबढाएर निलम्बनमै घर पठाउनु पर्ने भयो । प्रचण्डको यस भनाईमा नेपाल र श्रेष्ठले गर्नैपर्ने भन्दै अडान राखेपनि झलनाथ खनाल र बामदेव गौतम भने चुप रहेको उनको भनाई छ ।

‘चोलेन्द्रलाई महाअभियोग लगाउनुपर्छ भन्ने कुरामा झलनाथ र बामदेवको आवाज सुनिएन, तीन जनाले त आमाचकारी गर्नुभयो,’ प्रचण्ड निवासमै रहेका एक सुरक्षाकर्मीले भने । आजको छलफलमा गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबिरुद्ध प्रस्तुत गरेको अभियोगपत्रमा प्रधानन्यायाधीशमाथि गरिएको टिप्पणी अझै नरम भएको निचोडसमेत निकालिएको थियो ।

पार्टी र सत्तामा ‘कू’ गरी ओली हटाउन नसके नेकपा बिभाजन गरेर प्रधानमन्त्रीबाट ओलीलाई अपदस्त गर्न लागिपरेको प्रचण्ड–माधव समुहले परिषद बैठक बहिष्कार गरेर सभामुख सापकोटाले टीमका लागि योग्य प्रमाणित गरेको निश्कर्ष निकालेको छ ।सो समुहको बैठकमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश चोलेन्द्रमाथि आ’पत्तिजनक शब्द ‘चो’र–डाँ’का’ को भाषा प्रयोग गरिएको स्रोतको भनाई छ । जनता टाइम्स बाट साभार