October 19, 2021

Halkhabar kura

Entertainment Site

के गर्छिन यी २४ वर्षकी युवती ? भनिन् – ‘प्रधानमन्त्रीले भन्दा म धेरै कमाउँछु’

1 min read

काठमाडौं। २४ वर्षकी मोडल आलिया मर्सिडिजलाई कोरोनाभाइरसका कारण गरिएको लकडाउन बरदान साबित भएको छ । बेलायतकी यी मोडलले यस वर्ष आफूले देशका प्रधानमन्त्री बोरिस जोनसनले भन्दा धेरै कमाउने दावी गरेकी छिन् । बेलायती प्रधानमन्त्रीले अहिले वार्षिक १ लाख ४९ हजार ४४० पाउण्ड (करिब २ करोड ३५ लाख रुपैयाँ) पारिश्रमिक पाउँछन् ।

द सनको रिपोर्टअनुसार लकडाउनका क्रममा कमाइ आकाशिएपछि अहिले यी मोडलले जागिर पनि छाडेकी छिन् । लकडाउनका क्रममा घरबाटै काम गर्नु परेपछि यी मोडलले त्यही समयमा ओन्लीफ्यान्समा आफ्ना फोटो बेच्न सुरु गरिन् । यसबाट ठूलो कमाइ भएपछि उनले जागिर छाडेर फोटो बेच्ने काम मात्रै गर्न थालिन् । बेलायतको स्किप्टन, वेष्ट योर्क्सकी यी मोडलले द सनसँगको कुराकानीमा भनिन् ‘ग्राफिक डिजाइनिङमा ग्रयाजुएसन गरेपछि पनि मैले निकै कम पैसा कमाउँथें ।’

लकडाउनका क्रममा घरबाटै काम गर्ने मौका पाएपछि उनले ओन्लीफ्यान्समा फोटो बेच्न सुरु गरिन् । आलियाका अभिभावकलाई भने आलियाको यो कामबारे कुनै जानकारी छैन । बेलायतका प्रधानमन्त्रीले भन्दा धेरै कमाउने दावी गर्दै मोडलले यो निकै आश्चर्यजनक र रोचक पनि भएको बताइन् किनकि तुलना गर्ने हो भने प्रधानमन्त्रीले उनले भन्दा कैयौं धेरै चुनौतीको सामना गर्नुपर्छ ।