October 19, 2021

Halkhabar kura

Entertainment Site

संवैधानिक परिषदको बैठक सकियो, के भयो निर्णय ?

1 min read

संवैधानिक परिषद्को बैठक कुनै निर्णयबिनै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा समेत सहभागी भएनन् । बैठकमा नियुक्तिका विषयमा सामान्य छलफल भएपछि थप केही निर्णय नभएको हो । बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चो’लेन्द्र शमशेर जबरा उपस्थित थिए ।बैठकपछि अध्यक्ष तिमल्सिनाले नियुक्तिबारे सामान्य छलफल भएपछि कुनै निर्णय नभएको बताए ।

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्‍मा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ । परिषद्मा उपसभामुख पनि सदस्य रहने व्यवस्था भएपनि अहिले सो पद खाली छ ।

परिषद्को बैठक कोरम नपुगेर दुई पटकसम्म स्थगित भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट निर्णय गराएर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर नियुक्ति गर्न सहज बनाएका थिए । तर सो अध्यादेशलाई लिएर काँग्रेस र सत्तारुढ दल नेकपाका बहुमत सचिवालय सदस्यले समेत विरोध गरेका छन् । बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्। बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए। उपसभामुखको पद भने रिक्त छ।