October 17, 2021

Halkhabar kura

Entertainment Site

बालुवाटारमा तीन भाइको रमिता !

1 min read

काठमाडौं । नयाँ अध्यादेश अनुसार वालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमनत्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नयाँ अध्यादेश अनुसार परिषदको बैठक सुरु भएको जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । बैठकमा सहभागी तीनै जनाले हाँसेर फोटो खिचाएका छन् ।

प्रधानमन्त्रीसहित तीनजनाले परिषदमा कोरम पुग्ने, निर्णय पनि गर्न सक्ने

संवैधानिक परिषद्मा अब अध्यक्षसहित तत्काल बहाल बहुमत सदस्यको उपस्थिति भएमा गणपूरक संख्या पुग्ने भएको छ । राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राजपत्रमा प्रकाशित भइसकेको छ ।

जसमा परिषद्मा गणपूरक सँख्या पुग्न अध्यक्षसहित अन्य चार सदस्य हुनैपर्ने व्यवस्था संशोधन गरेर अध्यक्षसहित तत्काल बहाल रहेको बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरिएको छ । त्यस्तै, त्यस्तै निर्णय पनि अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रबन्ध गरिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र विपक्षी दलको नेता सदस्य रहन्छन् । हाल उपसभामुख रिक्त छ । सभामुख अग्नि सापकोटाले बैठक बहिष्कार गरेपछि गणपूरक संख्या पुग्न सकिरहेको थिएन । बिहान परिषद् बैठकमा कोरम नपुगेलगत्तै मन्त्रिपरिषद्को बैठकले सभामुखविना नै पनि बैठक बस्न सक्ने गरि अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिले अध्यादेश जारी गरि राजपत्रमा समेत प्रकाशित भइसकेको छ । संवैधानिक परिषदमा अध्यक्ष केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा छन् । अध्यादेशमा भएको व्यवस्थाअनुसार अहिले बहाल रहेका अध्यक्षसहित पाँच पदाधिकारीमध्ये तीनजना मात्र उपस्थित भए पनि बैठक बस्न र निर्णय हुन सक्नेछ ।