October 17, 2021

Halkhabar kura

Entertainment Site

अध्यादेशपछि नेकपामा तरंग, प्रचण्डलाई भेट्न नेम्वाङ खुमलटारमा

1 min read

विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषद् बैठक बस्न र निर्णय गर्न सक्ने गरी राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेम्वाङ प्रचण्ड निवास पुगेका हुन् ।

प्रचण्डको सचिवालय स्रोतले नेम्वाङ खुमलटार आएको पुष्टि गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने नेम्वाङ खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी अपराह्न ४ बजे खुमलटार पुगेका हुन् । अध्यक्ष प्रचण्डले अध्यादेशप्रति कडा आपत्ति जनाइसकेका छन् ।

यो पनि पढ्नुस्
सरकारले अध्यादेश ल्याएपछि नेकपामा हंगामा, प्रचण्डको कडा आपत्ति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको छ । त्यसैले तत्काल फिर्ता गर्नुको विकल्प छैन ।’

उनले संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको बेलामा पार्टीलाई कुनै जानकारी र सुइँको समेत नदिएर अध्यादेश ल्याउनुमा कुनियत रहेको दावी गरे । यही अधयादेशका कारण नेकपामा हंगामा भएको छ । अध्यक्ष प्रचण्डले २०६२–६३ को जनआन्दोलन, जनयुद्ध मधेस आन्दोलनको समेत मर्मविपरित आएको अध्यादेश खारेज गर्नुपर्ने भन्दै पार्टीको घोर आपत्ति रहेको जनाए ।