October 28, 2021

Halkhabar kura

Entertainment Site

ओली सरकारले उखु किसानको पिडा नदेखेपछि (भिडियो रिपोर्ट)

1 min read

पुष्कर खतिवडा- काठमाडौं गत बर्ष पुष महिनाको जाडोमा सर्लाहिका एक हुल उखु किसान काठमाडौं आएका थिए । उनिहरुले कठ्याङगिद्रो जाडो सहेरै भएपनि काठमाडौंको माइतिघर मण्डलामा धर्ना दिए ।

चीनी मिल मालिकबाट आफ्नो उपजको भुक्तानी नपाएको भन्दै उनिहरुले सरकारसंग भुक्तानी दिलाइदिन गुहार मागे । शुरुमा सरकारले उनिहरुको मागको सुनवाइ गरेन । तर जब उनिहरुको आन्दोलनमा बिभिन्न संघसंस्थादेखि उच्च पदस्थ ब्यक्तिसम्मको साथ बढ्दै गयो, तब सरकारले २० दिनभित्र भुक्तानी दिलाउने आश्वासन दिएर उखु किसानलाई घर पठायो ।

तर विडम्बना मिल मालिकले तिर्नु पर्ने सबै उधारो रकम २० दिनभित्रै पाउने आशामा २०७६ पुष १८ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसंग समझदारी गरेर घर फर्केका किसान झण्डै १ बर्षपछि फेरी उही पुरानै माग लिएर काठमाडौंको माइतिघरमा धर्नामा उत्रिएका छन् ।

आइतबारबाट शुरु भएको उखु किसानको शान्तीपुर्ण प्रर्दशन सोमबार पनि जारी थियो । करीब २ दर्जन बढी उखु किसान हातमा ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश, ठूलो छ सरकार अटेन किसान’, ‘किसान मार्न पाइँदैन’, ‘श्रम र पसिनाको मूल्य पाउँ सरकार ! किसानलाई बाँच्न देऊ’, ‘उखुबाट चिनी बन्छ गुलियो, माफियाको गुलियोमा सरकार भुलियो’ लगायतका नारा लेखेका पम्पलेट र ब्यानरसहित माइतिघरमा धर्नामा उत्रिएका छन् ।

यस पटक उखु किसान मात्र प्रर्दशनमा छैनन्, उनिहरुका साथमा अन्य नागरिकले समेत साथ दिएका छन् । गत वर्षको पुस १६ मा भएको सम्झौता कार्यान्वयन नभए र माइतीघर मण्डलाबाट निकास ननिस्किए अब उखु किसानले सिंहदरबार र बालुवाटार घेराउसम्म गर्ने तयारीमा रहेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्र बताउँछन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः