October 17, 2021

Halkhabar kura

Entertainment Site

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

1 min read

काठमाडौँ–   सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ।

उर्जा मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई वरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।

काेइराला प्राधिकरणको १२ औँ तहको उपकार्यकारी निर्देशक पदमा कार्यरत छन्।

विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

कुलमानको मंगलबार प्राधिकरणबाट औपचारिक बिदाइसमेत गरिएको छ।

Leave a Reply

Your email address will not be published.