October 19, 2021

Halkhabar kura

Entertainment Site

काेराेना लागेर मर्न पाएपनि हुन्थ्याे भनेकी बालिकाले गरिन देह’त्याग

1 min read

नाम – मानसी माेक्तान कक्षा – ६ वर्ष – ११ स्थायी ठेगाना- सुनापति गाउँपालिका-३, हिलेदेवी (आरूखर्क टाेल), रामेछाप काेराेनाकाे म’हामारी भएपनि हिलेदेवीकाे श्री पशुपति उच्च माविले बारअनुसार कक्षा मिलाएर कक्षा सञ्चालन गरेकाे थियाे । कक्षा ६ मा पढ्ने मानसीकाे कक्षामा अलि धेरै विद्यार्थी भएकाले दिन बिराएर कक्षा हुने गर्दथ्याे । सधैँ झैं बिहीबार पनि उनी विद्यालय गइन् । अघिल्लाे दिन दिएकाे गृहकार्य सबैले झैँ उनले पनि शिक्षकलाई बुझाइन् । दिउँसाे २ बजेसम्म पढेर विद्यालयले दिएकाे गृहकार्यसहित उनी घर गइन् ।विद्यालयका प्रधानाध्यपक तिलक कुमार बलका अनुसार उनी मध्यम खालकी विद्यार्थी हुन् । विद्यालयका अनुसार उक्त दिन पनि अन्य दिनजस्तै सामान्य अवस्थामा पढेर १० मिनेट नजिकैकाे घर गएकी थिइन् ।घरभन्दा केही वर मामाघर पर्छ । जाँदाजाँदै मामाघरमा केहीछिन टिभी हेरिन् । मामाकी छाेरी पनि सँगै पढ्ने भएकाले दिदी-बहिनीले केहीबेर टिभी हेरे । त्यसपछि मानसी भने घर गइन् ।

खेती किसानी गर्ने बाबु कान्छा माेक्तान र आमा ढाेल्माे माेक्तान छाेरीलाई खाजा खान अह्राएर घरजनिकैकाे भैँसीगाेठ गए । त्यसाे त उनलाई पनि गाेठमा हिँड नभनेका हाेइनन् तर मानसीले टाउकाे दुखेकाे छ म खाजा पनि खान्न सुत्छु भनेपछि बाबु-आमा छाेरीलाई घरमै छाेडेर गाेठतिर लागे ।छिमेकी बिमला ग्यापकका अनुसार मानसी कान्छा र ढाेल्माेकी दुई छाेरा दुई छाेरीमध्ये अलि पछि जन्मेकी कान्छी छाेरी थिइन् । दु:खै गरेर भएपनि बाबु-आमाले मानसीलाई लत्ताकपडादेखि खानपिन खाजादेखि लेख-पढकाे लागि कञ्जुस्याइँ गरेका थिएनन् ।तर के भयाे के भयाे त्याे दिन गाेठधन्दा गरेर साँझ ६ बजेतिर बाबु-आमा घर पुग्दा कल्पनै नगरेकाे घटना देख्नु र भाेग्नु पर्यो । छाेरी मानसीलाई घरभित्र आमाकाे पछ्याैरामा दलिनमा झु ण्डि’एर मृत भइसकेकाे भेट्दा बाबु-आमा हाेस् हवासै उ’ड्याे ।

न परिवारले गाली गरेकाे न कु’टपि’ट । न विद्यालयमा कुनै द’बाब, न गृहकार्यकाे ।त्यसाे त केही दिनदेखि बालिकाले भक्तपुरतिर जान पाएनि हुन्थ्याे । काे’राेना लागेर मर्न पाएपनि हुन्थ्याे । म त मरेनी हुन्थ्याे जस्ता कुराहरू बाराम्बार गर्ने गरेकाे पारिवारिक स्राेतले जनाए । तर त्यस कुरालाई बाबु-आमा परिवारका सदस्यहरूले खासै वास्ता गरेनन् । केटाकेटी के-के साेच्छन् नि भन्ने लाग्याे सायद । यस्तो सोच किन आयाे, कसरी यस्तो आयाे त ?शुक्रबार बिहानै जिल्ला प्रहरी रामेछापकाे टाेलीले मुचुल्का उठाएर मन्थली पुर्याएर पाेष्टमार्टम गरि परिवारका सदस्यहरूलाई साेधपुछ गर्दा त्यस्ताे कुनै अन्य आ’शंका गर्ने संकेत नमिलेकाे जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त पाठकले जानकारी दिए ।
बिहीबार विश्व दे’हत्याग राे’कथाम दिवस मनाइरहँदा रामेछापमा एघार वर्षकी बालिकाले देहत्याग गर्न पुगिन् । याे त एउटा पछिल्लाे घटना मात्र हाे । वर्षमा कयाैँ बालबालिकाहरूले अनाहक र अ’न्जानमै ज्या’न गुमाइरहेका हुन्छन् ।सामान्य अर्थमा आफैंले आफ्नो ह ‘त्या गर्नुलाई दे’हत्याग भनिन्छ । प्रायः मा’नसिक त’नाव तथा पी’डा थेग्न नसकी बाँच्नुभन्दा म’र्न सजिलो ठानेर मानिसले देहत्याग गर्छन् । तर यस किसिमको पी’डा नहुँदा पनि मानिसले रिसको आ’वेगमा देह’त्याग गरेको पनि पाइन्छ । कतिपय देशमा देह’त्याग तथा देह’त्याग को कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अ’पराध मानिन्छ ।

फुर्सदकाे समयमा घरायसी काममा सघाउँथिन मानसी ।के साेच्छन् बालबालिका हिजोआज स्कुले बालबालिकाले देह’त्याग गरेका खबर बाहिर आउने क्रम बढ्दो छ । केटाकेटीको भाव’नात्मक कमजोरी बढ्दै जाँदा अथवा अहिलेका केटाकेटीले जीवनमा चुनौतीसँग ल’ड्न नसकेर हो अथवा चुनौतीको प्रकृति नै ग’म्भीर बनेर हो यस्ता दुःखद् एवं अकल्पनीय घ’टना हुने गरेका हुन् । यसबारे अभिभावक, शिक्षक एवं समुदाय र देशका प्रबुद्ध वर्ग सचेत हुनुपर्ने देखिन्छ ।हरेक वर्षको सेप्टेम्बर १० तारिखमा विश्व दे’हत्याग दिबस मनाउने गरिन्छ । यो दिबस विश्वभरका मानिसहरुमा दे’हत्याग को विषयमा जागरुक गराउन मनाउँदै आएको पाइन्छ ता कि कोही कसैले पनि देहत्याग गर्ने सोच नगरुन् ।
पछिल्लो समय विश्वभर नै देह’त्याग को दर बढ्दै गएको पाइन्छ । त्यसले यसबारेमा सजगता अ’पनाउन अ’त्यन्तै जरुरी छ । हाम्रो समाज एकोहोरो रूपमा आफ्नो सोच, इच्छा र तर्कलाई मात्र प्राथमिकताका साथ केटाकेटीमा लाद्ने तर केटाकेटीको वस्तुस्थितिलाई आकलन गर्ने, बुझ्ने अथवा बालमनोविज्ञान बुझ्ने गरेको त्यति पाइँदैन ।
उमेरअनुसारको शारीरिक, मानसिक, भावनात्मक एवं सामाजिक परिवर्तन आउँछन् र सो परिवर्तनसँग अभिभावकले आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ अन्यथा अभिभावक र बालबालिकाबीचको सम्बन्धमा अस्वस्थकर रूपले दूरी बढ्दै जान सक्छ । यस्तो दूरीले केटाकेटीलार्ई अझ स्वकेन्द्रित एवं दमित बनाउँदै लैजान्छ । फलस्वरूप आफ्ना इच्छा र भावनालाई दबाउने, लुकाउने क्रममा विभिन्न घ’टना, दुर्घटना हुने सम्भावना बढी हुन्छ । तसर्थ अभिभावकले पनि आफ्ना केटाकेटीलाई पढाइ सीपमात्र होइन भावनात्मक अभिव्यक्त सीप पनि सिकाउनुपर्छ ।

आजका बालबालिका उमेरभन्दा छिट्टै परिपक्व हुँदैछन् साथै सं’कट र चुनौती पनि निकै गम्भीर बनेका छन् । केटाकेटीको पढाइलेखाइ पक्षभन्दा महत्वपूर्ण पक्ष उनीहरूको सोच, भावना, आदत अथवा सम्पूर्ण मनोविज्ञान हुन्छ । त्यो मनोविज्ञानलाई पन्छाएर अथवा बेवास्ता गरेमा हाम्रा प्रयासहरू र अपेक्षा शून्यमा परिवर्तन हुनेछन् । किनभने हिजोआजका किशोरकिशोरी विज्ञान र प्रविधिले निकै स्मार्ट छन् तर हामी पुरानै परिपाटी लाद्न खोज्छौं ।

Leave a Reply

Your email address will not be published.