October 17, 2021

Halkhabar kura

Entertainment Site

ज्ञानेन्द्र शाहीले नै मच्चाएका थिए वितण्डा, मध्यराति गाउँलेमाथि दादागिरी (भिडियो)

1 min read

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा सामाजिक अभियन्ता ज्ञानेन्द्रशाही समूह माथि घटेको घटनाबारे जनता टिभीको खोज सामग्री ।

ज्ञानेन्द्र शाही नाम चलेको दलका चर्चित नेता होइनन् । सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् ।

तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आ’क्रम’ण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि गत शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आ’क्रम’ण भयो ।

सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने शाही निषेधाज्ञा र कोरोना महामारीबाट समस्यामा परेकाहरुलाई राहत बाँड्न भन्दै शुक्रबार सुर्खेत पुगेका थिए । त्यही क्रममा आफू र आफ्ना सहयोगीहरुमाथि शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आ’क्रम’ण भएको शाहीको भनाइ छ ।

यो आ’क्रम’णबाट उनका एक सहयोगीको टाउको फुटेको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिन्छ ।

हेर्नुहोस भिडियो

घटनाको सन्दर्भमा स्थानीयसँग कुरा गरेको एक भिडियो वाईसीएल सुर्खेतका नेता पदम बनले फेसबुकमा पोष्ट गरेका छन् । त्यो भिडियोमा महिलाहरुले खर्कबहादुर बुढाको घरमा शाहीको समूहले भाले का”टेर र”क्सी सेवन गरेर फर्किएको बताएका छन् ।

ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको थियो ।