October 17, 2021

Halkhabar kura

Entertainment Site

युवा दस्ताका नामक राजनैतिक झोले संगठनहरु बिघटन गरौं

1 min read

-खतिवडा योगेन्द्र

०४६ को संबिधानको प्राप्ती सँगै दलिय ब्यबस्थाको भाँडभैलो सुरु भएको आज ३१ बर्स पूरा भएको छ ।

यो देसमा २००६ शाल बाट नै पस्चिमा फिरङ्गिहरुको फोटो झुन्ड्याएर कम्युनिस्टका नाम्मा तिनैको दर्सन सिद्धान्त रटाइ कोदोको खोले खाँन नपाउने कुना कन्दराका नेपाली युबालाइ बास्मती धानका चामलको बिर्यानी खुवाउछौ भन्दै सपना देखाउदै कम्युनिस्ट काङ्ग्रेसले यो देस लुटि रहेका छन ।

यहि क्रम्मा आज कम्युनिस्टका फिरङ्गिहरु दलालका तलुवा चाट्न पल्किकाहरु बाहेक रास्टृय युबा सङ्घ नेपाल केहो आम नेपाली युबालाइ अत्तोपत्तो छैन । बिदेसमा रगत पसिनामा होलि खेली रहेका ८० लाख बढि धेरै लाइत यी नामहरु (रास्टृय युबा संङ्घ / तरुण दल ) समेत थाहा छैन ,त्यसैको हर्सो उल्लासको दिन अरे आज !!त्यस्तै अर्को कुनै दिन अर्को जाली शक्ति काङ्ग्रेसको तरुण दलको हुनेछ ।

“यात्रा समृद्धिको लक्ष्य समाजवादको ”

सुन्दा एक्दमै मीठो लाग्ने माथिको स्लोगन युबा सङ्घको हैन योत केपि ओलिको हो ! यस्ता स्लोगन माथी आफ्ना फिरङ्गिका स्वर सङ्गै यो कथित संगठनले बर्सै पिच्छे फेर्दै आएको छ । यी काङ्ग्रेस र कम्युनिस्ट का पुछरहरु का नामका युबा दस्तामा नत आफ्नो स्थाई स्लोगन छ न त आफ्ना मालिकलाइ माथिको स्लोगन पूरा गर्न खबरदारी गर्न सक्ने प्रतिबद्धता नै !

त्यसैले जबसम्म यस्ता अनर्थ मुखी बिना उत्पादनमा जोडिएर राज्यको ढुकुटिमा फुरङ्गिहरुको स्लोगनको जयजयकार गरि लुट मच्चाउने तमाम लठेत बर्गलाइ यो देसबाट रास्ट्रको हित चिताउने युबाहरुले एकतृत भै लखेट्न जरुरी छ ।

यो देसमा आज मन्त्रालयमा मन्तृको पिएको नाम्मा , नगरपालिकामा मेयर उमेयरको सेक्रेटरी / निजि सचिबालयको रुपमा र गाउँ पालिकामा पनि सोही रुपमा हजारौं लठेतलाइ नियुक्त गरि तिनैको संरक्षणमा मन्त्रालय बिभाग हुँदै प्रदेस मातहत्का अशंख्य योजनाहरु गुपचुपमै कागजमै फरफारक हुन्छ्न, तर यिनैको कारण जनताले सुँइको सम्म पाँउदैनन ।

अनि यता नगर र गाँउपालिकामा भने आफ्ना वडा वडा र टोल टोल बाट सुन्ड मुन्ड धुपौरेहरु ल्याइ उपभोक्ता समिती बनाइ १००% मा २०% राम्म्रो काम नगरी राज्यको पुँजी ८०% कप्लक्क निल्ने संस्था र संगठन्को नामहो युबा संगठन नेपाल / तरुणदल नेपाल । यी संगठन का उदाहरण मैले पस्की रहन नपर्ला देसै भर गुहुका किरा सरि उम्मृएका Ngo/ Ingo हरु सबै यिनैका कब्जामा छन जस्ले यो देसको सांस्कृतिक बिचलनमा सबै भन्दा अग्रणी भुमिका निर्बाह गरिरहेका छन र समाज्मा दाजुभाइ दाजुभाइ बिच काटमारको अवस्था सिर्जना भएको छ ।

अन्त्यमा
एमालेको थुङ्गो बिनाको पुच्छर हो युबा सङ्घ नेपाल ( उदाहरण : हिजो माकुने ओलि फाटिए सँङ्गै गाउँ गाँउमा चिरा चिरा भै आफू आफुमै टाउको फोरा फोर गर्दै थियो हैन यो संगठन? )

त्यसैले यस्को कुनै उदेस्य ,अर्थ औचित्य , लक्ष र गन्तव्य नभएकोले यो र यो जस्ता कथित देसै भरिका दलाल्का हातपाउहरु जबसम्म निस्तेज हुदैनन तब सम्म यो देसमा न त शान्ती छाँउदछ न त सम्मृदिनै आउदछ त्यसैले यस्ता कथित फिरङ्गी संगठनहरुलाइ बहिस्कार गरौं , बिघटन गरौं ।