November 29, 2021

Halkhabar kura

Entertainment Site

सनसिटी अपार्टमेन्टका दुई जना कामदारसहित ‘ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड नेगेटिभ

1 min read

काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ’ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ।

आज बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो । दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ।

स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ । गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य, आमा र छोरालाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो ।

संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन् ।

यस्तै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
अस्ती सोमबार गरिएको ¥यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

गत चैत पाँच गते बेलायतबाट आएका उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।

त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ’ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ।

आज बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो । दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ।

स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ । गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य, आमा र छोरालाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो ।

संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन् ।

यस्तै पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
अस्ती सोमबार गरिएको ¥यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो ।

गत चैत पाँच गते बेलायतबाट आएका उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।

त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.