January 21, 2022

Halkhabar kura

Entertainment Site

अमेरिकामा रहेकी अभिनेत्री सिपोराले शक्तिशाली देशमा भएर पनि असुरक्षित रहेको भन्दै यस्तो लेखिन् मन छुने स्टाटस्

1 min read

काठमाडौं । अभिनेत्री तथा भलिबल खेलाडी सिपोरा गुरुङले अहिले आफु असुरक्षित रहेको बताएकी छन् । पछिल्लो केही समयदेखि अमेरिका रहदै आएकी गुरुङले कोरोनाको कारण आफुलाई असुरक्षित महसुस भएको बताएकी हुन् ।

नयाँ वर्षको शुभकामनासहित उनले स्टाग्राममार्फत आफु असुरक्षित रहेको उल्लेख गरेकी छन् । ‘कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला’ उनले अगाडि लेखेकी छन् ‘आफु शक्तिसाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैंमा बिडम्बना हो ।’

प्रकृति शक्तिका अगाडि मानव निर्मित शक्तिको पनि केही जोड नचलेको बताएकी उनले जीवनसँगै मानवताको रक्षाको लागि समेत सबैमा अपिल गरेकी छन् । गुरुङ फिल्म ‘भूईंमान्छे’ बाट अभिनयमा प्रवेश गरेकी हुन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्मले राम्रो व्यवसाय भने गर्न सकेन ।

Leave a Reply

Your email address will not be published.