November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेकाे संख्या ६ हजार नाघ्यो

1 min read

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट संसारभर ६ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। चीनको वुहानबाट सुरु भएको कारोना भाइरसको संक्रमणबाट हालसम्म ६ हजार ६९ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेहरु चीनमा सबैभन्दा बढी रहेका छन्। चीनमा हालसम्म ३ हजार १ सय ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् छन् भने ८० हजार भन्दा बढी संक्रमित भएका छन्।

चीनपछि सबैभन्दा धेरै इटालीमा हालसम्म २१ हजार १ सय ५७ जना कोरोनाबाट संक्रमित भएकोमा १ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ।

चीनको तुलनामा इटालीमा कोरोना संक्रमितको मृत्युदर पनि उच्च रहेको तथ्यांकहरुले देखाएका छन्। इटाली सरकारले पुरै देशलाई ‘लकडाउन’ गरेर ६ करोड नागरिकलाई सेल्फ क्यारेन्टाइनमा राखेको छ।

यस्तै इरानमा पनि कोरोनाको असर उच्च देखिएको छ। १३ हजार ९ सय ३८ जना कोरोनाबाट संक्रमित भएकोमा ७ सय २४ जनाको मृत्यु भइसकेको छ।

चीनमा भने पछिल्लो समय कोरोनाको प्रभाव कम हुँदै गएको छ। पछिल्लो २४ घण्टामा चीनमा कोरोनाका केवल २५ नयाँ बिरामी फेला परेका छन् भने १० जनाले मात्रै ज्यान गुमाएका छन्।

तर चीन बाहिर भने कोरोनाको प्रकोप भयावह देखिएको छ। विशेष गरी युरोपेली मुलुकहरु कोरोनाको महामारीबाट प्रभावित भएका छन्।

चीन, इटाली र इरानपछि कोरोनाको सबैभन्दा बढी प्रभाव देखिएको देश कोरिया हो। कोरियामा हालसम्म ८ हजार १ सय ६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएपनि मृत्यु दर भने अन्य देशको भन्दा कम देखिएको छ।

कोरियामा हालसम्म ७५ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।

यस्तै स्पेनमा २९१, जर्मनीमा ११, फ्रान्समा ९१, अमेरिकामा ६०, स्वीट्जरल्याण्डमा १४, बेलायतमा २१ र नेदरल्याण्डमा २० जनाले कारोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्।

हालसम्म विश्वभर १ लाख ६२ हजार ७ सय जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यसमध्ये करिब आधा चीनका छन्।

नेपालमा हालसम्म एक जनामा मात्रै कोरोनाको संक्रमण देखिए पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा भने कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गइरहेको छ।

हालसम्म भारतमा १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published.