January 24, 2022

Halkhabar kura

Entertainment Site

विदेशबाट आउने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’ अनिवार्य बस्नुपर्ने, आजदेखि लागु हुने

1 min read

काठमाडौं । विदेशबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु भएको छ । अध्यागमन विभागले आजदेखि लागुहुने गरी नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो ।

विभागले सूचना निकालेर विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको जनाएको छ । अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य फारम भर्नुपर्ने र क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु भएको छ । १४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघाट नगरी छुटै कोठमा बस्न विभागले आग्रह गरेको हो । यो नियम अप्रिल ३० सम्म लागु हुनेछ ।

घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्न, मास्क लगाउन, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्न, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्न, अरु व्यक्तिसँगको दूरी बढाउन भान्सा बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजान पनि आग्रह गरेको छ ।

यो पनि पढ्नुस,

सार्क राष्ट्रका नेताहरुबीच आज कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन भिडियो संवाद हुने भएको छ । साँझ ५ बजे हुने भिडियो संवादमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हनेछन् ।

उनी सिहंदरबारस्थित प्रधामन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट भिडियो संवादमा सहभागी हुुने बताइएको छ । गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रहरुलाई अपिल गरेका थिए ।

मोदीको अपिललाई अरु सदस्य राष्ट्रहरुले जस्तै पाकिस्तानले पनि स्वीकारेपछि भिडियो संवाद सम्भव भएको हो । सार्कं राष्ट्र नेपाल, पाकिस्तान, भारत, अफगानिस्तान, भुटान,माल्दिभ्स र श्रीलंकाका नेताहरुबीच एक साथ भिडियो संवाद हुनेछ ।

संवादमार्फत सार्क राष्ट्रका नेताहरुले आफ्ना अनुभव र संक्रमण नियन्त्रणका उपायबारे छलफल गर्नेछन् । भारतमा कोरोनाका कारण दुईजना र पाकिस्तानमा एक जनाको मृत्यु भएको छ ।

नेपाललगायत अन्य सार्क सदस्य राष्ट्रहरुमा कोरोनाका विरामी भेटिएका छन् । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण विगत चार वर्षदेखि सार्कको गतिविधि शून्यप्रायः छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका नेताहरुबिच आइतबार ‘भिडियो कन्फ्रेन्स’ मार्फत वार्ता हुँदैछ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको परिवेशमा त्यसबाट जोगिन संयुक्त रणनीति बनाई सहकार्य गर्ने विषयमा छलफल गर्न सार्क राष्ट्रका नेताहरुले भिडियो मार्फत वार्ता गर्नका लागेका हुन् । भिडियो कन्फ्रेन्स बेलुका सवा पाँच बजेपछि सुरु हुनेछ ।

भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन् । ओली अहिले दोस्रो पटक मिर्गौला प्रत्यारोपण पश्चात स्वास्थ्य लाभ गरिरहेका छन् ।

भिडियो वार्तामा कोरोना विरुद्धको साझा रणनीति केन्द्रमा रहने जनाइएको छ । सबैले आफ्नो देशले गरिरहेको प्रयास र योजना सुनाएपछि छलफल गरेर एकीकृत रणनीति बनाउने तयारी छ । यस्तै सार्कका गतिविधि सक्रिय बनाउने विषयमा पनि छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.