November 29, 2021

Halkhabar kura

Entertainment Site

पर्वले साझा नेपाली पहिचान कायम गर्न योगदान पुर्याएको राष्ट्रपति भण्डारीको भनाइ

1 min read

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघे संक्रान्तिजस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।

मकर संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको हो ।

माघी पर्वका अवसरमा राष्ट्रपति कार्यालयले जारि गरेको विज्ञप्तीमा ‘हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान र्पुयाएको मैले विश्वास लिएको छु।’ भनिएको छ ।

माघी पर्वलाई थारु समुदायबाट नयाँ वर्षका रुपमा समेत धूमधामसँग मनाउने गरिन्छ । यो पर्व स्नान, दान, पूजार्चना, मनोरञ्जनका साथै मिष्ठान भोजन गर्दै मनाउने प्रचलन छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि यस पवित्र चाडले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नेको भिड लागेको छ ।

थारु समुदायले आज माघी पर्व मनाउँदैछन् । ज्योतिष शास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आज देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ ।
खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।

Leave a Reply

Your email address will not be published.