January 24, 2022

Halkhabar kura

Entertainment Site

२० करोड घुस प्रकरण : प्रसाईँ र गिरीबीचको विवाद अख्तियारमा पुग्यो

1 min read

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माथि छानविनको माग गर्दे बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रर्साँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिनु भएको छ ।

भ्रष्टचार गरी डा. गिरीले अकुत सम्पत्ति कमाएको भन्दै प्रसाईँले सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनु भएको हो ।

गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ ।

गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै त्यो सम्पूर्ण सम्पत्ति जफत गर्न प्रसाईँले माग गर्नु भएको छ । यसैगरी, गिरीले झुठा विवरण पेश गरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेको प्रसाईंको आरोप छ ।
आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा गिरीले २० करोड घुस मागेको भन्दै कारवाही गर्न प्रसाईले माग गर्नु भएको हो ।

सबै कागजपत्र पुगेपनि गिरीले २० करोड घुस मागेको र कलेजको १० प्रतिशत शेयर झापामा रहेको आफ्नो सम्धीलाई दिन दबाब दिएको भन्दै प्रसाईले केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरी घट्नाबारे जानकारी गराउनु भएको थियो ।

त्यसलगतै पत्रकार सम्मेलनको आयोजना गरी गिरीले प्रसाईको भनाईमा कुनै सत्यता नभएको भन्दै आरोपको खण्डन गर्नु भएको थियो ।
आफुले प्रसाईसँग घुस नमागेको र आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै गिरीले कानूनी बाटो जाने बताउनु भएको थियो ।

बी एण्ड सी कलेजलाई सम्बन्धन नदिएका कारण प्रसाईंले घुसको आरोप लगाएको गिरी निकटवर्तीको दाबी छ ।

Leave a Reply

Your email address will not be published.