November 29, 2021

Halkhabar kura

Entertainment Site

संसद भवन भत्काएर चिटिक्कको गेष्ट हाउस बनाउनुः समिति

1 min read

काठमाडौँ । संसदको विकास तथा प्रविधि समितिले सिंहदरबारभित्र रहेको पहिलो संसद भवन भत्काएर विदेशी पाहुना राख्ने र मिटिङ गर्ने नयाँ भवन बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको विकास तथा प्रविधि समितिको बैठकले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काएर पुरानै स्वरूपमा नयाँ भवन बनाउन समितिले भनेको छ ।

यो भवन भत्काएर नयाँ बनाउने कि त्यसैलाई पुनःनिमार्ण गरेर बनाउने भन्ने विषयमा पुरातत्वविभाग र पुनर्निर्माण प्राधिकरणबीच विवाद चलिरहेको अवस्थामा समितिले विदेशी पाहुना राख्ने र बैठक गर्ने गरी पुरानो शैलीमा नयाँ भवन बनाउन निर्देशन दिएको हो ।

बैठकमा पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस बनाउने विषयमा सरकारले निर्ण नगरेको भन्दै पुनर्निर्माण गरेर गेष्ट हाउसका रुपमा प्रयोग गर्न सम्भव नभएको बताउनुभयो ।

उहाँले सरकारले निर्णय नगर्दा नयाँ बनाउदा अहिलेकै जस्तो बनाउने कि स्टेट गेस्ट हाउस बनाउने भन्ने टुंगो नलागेको बताउनुभयो । भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच पनि विवाद छ ।

बैठकमा समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताउनुभयो । खड्काले पुरानो संसद भवन भत्काउन र सो स्थानमा निर्माण हुने नयाँ संरचना पुरानै स्वरुपमा बनाउन निर्देशन दिनुभएको छ ।

संसदको विकास तथा प्रविधि समितिले सिंहदरबारभित्र रहेको पहिलो संसद भवन भत्काएर विदेशी पाहुना राख्ने र मिटिङ गर्ने नयाँ भवन बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको विकास तथा प्रविधि समितिको बैठकले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काएर पुरानै स्वरूपमा नयाँ भवन बनाउन समितिले भनेको छ ।

यो भवन भत्काएर नयाँ बनाउने कि त्यसैलाई पुनःनिमार्ण गरेर बनाउने भन्ने विषयमा पुरातत्वविभाग र पुनर्निर्माण प्राधिकरणबीच विवाद चलिरहेको अवस्थामा समितिले विदेशी पाहुना राख्ने र बैठक गर्ने गरी पुरानो शैलीमा नयाँ भवन बनाउन निर्देशन दिएको हो ।

बैठकमा पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस बनाउने विषयमा सरकारले निर्ण नगरेको भन्दै पुनर्निर्माण गरेर गेष्ट हाउसका रुपमा प्रयोग गर्न सम्भव नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.