October 17, 2021

Halkhabar kura

Entertainment Site

३ दिनपछि टिकटक माथि प्रतिबन्ध लगाउँने घोषणा

1 min read

चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मु’द्दा बनेको टिकटकमाथि प्र’तिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्र’तिबन्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले सो एप्शमाथि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्र’तिबन्ध लगाउनेबारे यसअघि नि’र्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराउनुभएको हो ।

उहाँले ती एप्शहरुमाथिको प्र’तिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिनुभएको थियो । अब प्र’तिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन– राष्ट्रपति ट्रम्पले भन्नुभएको छ ।

प्र’तिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उहाँ अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ¥यालीलाई सम्बोधन गर्नका लागि जानु भएको थियो ।

सो ¥यालीमा जानु अगाडि उहाँले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्र’तिबन्ध लगाउने भनी अमेरिकाले गरेको जानकारी समाचारदाताहरुलाई दिनुभएको हो ।

मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दु’रुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्र’तिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्र’तिबन्ध लगाइसकेको छ ।

Leave a Reply

Your email address will not be published.