October 17, 2021

Halkhabar kura

Entertainment Site

दुई वर्षमा पहिलोपटक पराजित भयो स्पेन

1 min read

स्पेन झण्डै दुई वर्षमा पहिलोपटक पराजित भएको छ । नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १–० ले पराजित भएको हो ।

किएभमा भएको खेलमा भ्रमण टोली स्पेनले गोल गर्ने सुन्दर मौकाहरु गुमाउँदै हार बेहोर्न बाध्य भएको हो ।समूह ए फोरमा रहेको युक्रेनका लागि ७६ औँ मिनेटमा भिक्टर सिगान्कोभले गोल गरी जित निश्चित गरेका हुन् । स्पेनले २१ पटक पोस्ट प्रहार गरे पनि गोल गर्न सकेन ।

पराजित भए पनि चार खेलबाट सात अंकसहित स्पेन समूहको शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले ३–३ को बराबरी खेलेका छन् । ६ अंकसहित जर्मनी समूहको दोस्रो स्थानमा छ । युक्रेनको पनि ६ अंक नै रहेको छ ।

मंगलबार राति भएका अरु खेलमा माल्टाले लात्भियालाई १–०, फारोइ आइल्याण्डले एन्डोरालाई २–० तथा लग्जेम्बर्गले मोन्टेनेग्रोलाई २–१ ले पराजित गरेका छन् ।यस्तै अजरबैजान र साइप्रस तथा लिचेस्टाइन र सान मारिनोले गोलरहित बराबरी खेलेका छन्।

Leave a Reply

Your email address will not be published.