October 28, 2021

Halkhabar kura

Entertainment Site

आज कर्णालीबाहेक ६ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

1 min read

काठमाण्डौ । कर्णालीबाहेक ६ वटा प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यी प्रदेशका केही ठाउँहरुमा अहिले पनि पानी परिरहेको छ । आज दिउँसो पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published.