October 17, 2021

Halkhabar kura

Entertainment Site

सिन्धुपाल्चोकको पहिरो: बेपत्ताहरुको बिहानैदेखि खोजी कार्य सुरु

1 min read

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पहिरोमा बेपत्ताहरुको आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बेपत्ताहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको छ ।

शनिबार राति परेको पहिरोमा २० जना बेपत्ता छन् । पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.