September 24, 2021

Halkhabar kura

Entertainment Site

सांसदले नै ‘सिंगल सिंगल आइज’ भन्दै टेबल बजारेपछि गण्डकी प्रदेशसभामा यस्तो भयो

1 min read

पोखरा –

बजेट पास गर्ने क्रममा बुधबार गण्डकी प्रदेशको प्रदेशसभामा सत्तारुढ र विपक्षी सांसदहरू भना’भन गरेका छन्। संसदमा विपक्ष रहेको नेकपा एमालेका सांसदले ‘सिंगल सिंगल आइज’ भन्दै भना’भन गरेका हुन्।

नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीमा विजयी भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १ असारमा बजेट ल्याउँदा योजनासहितको बजेट पुस्तिका तयार पार्न सकेको भन्दै एमालेले विवा’द शुरु गरेको हो।

रातो किताब नभए संसद अव’रु’द्ध गर्ने चेतावनी दिएको एमालेमाथि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा बजेटमा नभएको योजनाका लागि ४ अर्बको ठेक्का लगाएको आरो’प लगाएको छ।

जवाफमा एमालेले सरकारमाथि १६ करोड रुपैयाँ रकमान्तर गरी सांसदहरूमार्फत् बाँडेको दावी गरेको छ। प्रदेशसभामा २७ गतेदेखि शुरु बजेटमाथिको छलफल अव’रु’द्ध गरेको थियो।

रोष्टमतिर जान खोजेका मुख्यमन्त्री पोखरेललाई विपक्षी सांसदहरूले घेरा हाल्न खोजेका थिए। विपक्षी सांसदहरूले घेरेका पोखरेललाई सुरक्षाकर्मीले रोस्टमतिर पठाएका थिए।

एमाले सांसद तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले टेबल उचाले। र, ४ जना सांसद भएतिर उनले फ्याँके। उनले माओवादी केन्द्रका सांसद गायत्री गुरुङ, आशा गुरुङ, नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा भएतिर कुर्सी फ्याके। केही समयको त’ना’वपछि स्थिति सामान्य भएको थियो।