October 17, 2021

Halkhabar kura

Entertainment Site

बालकोट घरको बार्दलीबाट ओलीको उद्घोष : माधव नेपाल ग’द्दार हुन्, क्षमा गर्न सकिँदैन (भिडियोसहित)

1 min read

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई क्षमा गर्न नसकिने बताएका छन्। बालकोट घरको बार्दलीबाट ओलीले नेपाललाई ग’द्दारको संज्ञा दिँदै माफ गर्न नसकिने उद्घोष गरेका हुन्।

ओलीले माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताए। ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई ग’द्दार घोषणा गर्न र पार्टीबाट नि’काल्न माग गर्दै नाराबाजी गरे।

उनीहरुलाई रोक्दै अध्यक्ष ओलीले अघि भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं। तर माधव नेपालको हकमा आ’त्मा’लोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालको आ’लोचना गरे। हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै उनले भने, ‘माधव नेपाल जस्ता ग’द्दारलाई कुनै क्षमा गर्न सकिन्नँ।’