October 28, 2021

Halkhabar kura

Entertainment Site

बाहिरियो एमालेको बेईमानी-चारै तिर बदनाम हुँदै एमाले

1 min read

३१ जेठ २०७८ सोमवार

६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिककालागि आएको खोपमाथि एमाले कार्यकर्ताले कब्जा जमाएका छन्।

घटनाले अहिलेको सरकार र सरकार प्रमुखलाई “आइ लभ यु”भन्नेको मुखमा कालो मोसो दलिएझै भएको छ।

मानवता नीति-नियम सवै खल्तीमा राखेर दौडने बन्दैछन अहिका राजनैतिक दल र तिनका कार्यकर्ता !

अनियमितता रोक्न नसक्नु  सरकारको कमजोरी भएको सर्वत्र चर्चा।

एक स्वास्थ्यकर्मीका अनुसार नगरपालिकाका कर्मचारी र जन-प्रतिनिधीकालागी भनेर जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका स्वास्थ्यकर्मी खोप लिएर हेटौंडा उपमहानगरपालिका पुग्दा उपमेयरको आफन्त र नेकपा एमालेका कार्यकर्ताले भरिभराउ थियो उपमेयर मीना लामाको कार्यकक्ष जुन खोप हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि भनेर ५० भाइल मगाएकि थिइन्।

खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकका लागि आएको र सो खोपको दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालयसम्म गुनासो पुगेको छ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार लक्षित समूहभन्दा बाहिर खोप लगाएको पाइएमा कारवाहीका लागि सिफारिस गरिने छ। उनले विवरण मागेको छु भन्दै भने हाल जनप्रतिनिधिलाई लगाएको भन्ने समाचार आएको तर अनुसन्धान भैराखेको उनले बताए।

यो प्रकारको घटना बारम्बार भैराखेको छ। केहि अगाडी पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई भनेर लगिएको कोभिशिल्ड खोप एक निजी मेडिकलमा लगेर एमाले र नेपाली कांग्रेसका केही स्थानीय नेतालाई लगाएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको थियो यो हल्ला सेलाउन नपाउदै हाल फेरि यो घटना घट्न पुगेको छ।

आज राज्यभर यस्ता घटना चालिने रहेको छ, छिमेकी चीनले १० लाख डोज भेरोसेल खोप अनुदानमा दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६०–६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकका लागि भनेर खोप कार्यक्रम सुरु गरेको थियो । तर प्रदेशमार्फत जिल्ला र स्थानीय तहमा पुगेको खोप सरकारी नियमकानुन मिचेर स्थानीय जनप्रतिनिधि लगायतले आफन्त, राजनीतिक दलका कार्यकर्ता, निजामती कर्मचारीसम्मले लगाउन भ्याएका छन् ।

राजनैतिक दलहरुले दलको साइज अनुसार खोप भागलागाउँन थालेको हल्ला पनि बाहिरिन थालेको छ।
अहिले राज्यभरबाट खोपको दुरुपयोग भएको समाचार बाहिरिन थालेको छ। रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापाती गाउँपालिकालगायतका स्थानीय तहमा स्वास्थ्यकर्मी निकट आफन्त, व्यापारी, राजनीतिक दलका कार्यकर्ता र शिक्षकले खोप लगाएको उजुरी जिल्ला प्रशासन कार्यालय रामेछापमा परेको छ भने बाँकेमा डुडुवा गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा केही स्वास्थ्यकर्मीले आफू निकट व्यक्तिलाई खोप लगाएको र केहीले घरमै लगेको खोप लगाएको दाबी स्थानीयले गरेका छन्।

गण्डकी र काठमाण्डौ पनि चोखो भने छैन , ६०-६४ बर्षका नागरिकलाई आएको खोप यसरि दुरुपयोग हुदैगर्दा सवैतिर उजुरी परेकाभाने छन् जिल्ला प्रसान कार्यलयले दोषी उपर कारवाही गर्ने बताए पनि राज्यपक्ष चुपलागेर बसेको पाइएको छ।