October 17, 2021

Halkhabar kura

Entertainment Site

प्रदेश १ का जल-पर्यटन अभियन्ता श्रेष्ठ सुप्रवल जनसेवा श्री (तृतीय)द्वारा सम्मानित

1 min read

विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्‍याएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीसहित सम्मान गरेकी छन् । शीतल निवासमा बुधबार आयोजित सुशोभन समारोहमा राष्ट्रपति भण्डारीले ४५२ जनालाई विभूषित गरेकी हुन् ।

मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आज नयाँ बर्ष बैशाख १ गते विभूषित गरिएको हो ।

राष्ट्रपति भण्डारीले प्रदेश १ का चर्चित जल-पर्यटन अभियन्ता बिमलमान श्रेष्ठलाई पनि सुप्रवल जनसेवा श्री (तृतीय) प्रदान गरेकी छिन ।

सप्तकोशीमा चैत २०७४ सालदेखि जेटबोट संचालन गर्दै उक्त क्षेत्रको जनताको यात्रालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठलाई जल पर्यटन अभियन्ताको रूपमा बल्ल सरकारले चिनेर सम्मान गरेको छ ।

श्रेष्ठ बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष समेत रहेका छन ।