January 24, 2022

Halkhabar kura

Entertainment Site

लकडाउनको तेस्रो साता : आज बिहानै सडकमा समातिए १३ सय जना

1 min read

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेको तीन साता पूरा भएको छ। कोरोना सं-क्र-म-ण बि-रा-मी-को सङख्या थपिँदै गएपछि सरकारले लकडाउनको समय थप गर्ने तयारी गरिरहेको छ। तर, लकडाउन उ-ल्ल-ङ्घ-न गर्नेको सङ्ख्या पनि थपिँदो छ। प्रत्येक बिहान प्रहरीले उपत्यकाभित्रका सडकबाट औशत १३ सय जना मानिसलाई नि-य-न्त्र-ण-मा लिने गरेको छ।

आज बिहान ८ बजेसम्म उपत्यकाबाट १३ सय ३५ जना मानिसलाई नि-य-न्त्र-ण-मा लिएको छ। जसमा २८३ जना महिला र १०५२ जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ।

यसरी प्रहरीले नि-य-न्त्र-ण-मा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ। त्यस्तै प्रहरीले १ सय १४ वटा सवारीसाधन समेत नि-य-न्त्र-ण-मा लिएको छ।

यस्तै कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु लकडाउन थप्ने तयारीमा सरकार रहेको छ । अब कम्तिमा एक हप्ता लकडाउन थप्ने तयारी रहेको र त्यस सम्बन्धी निर्णय मंगलबार बस्ने मन्त्रीपरिषद बैठकले गर्ने जनाइएको छ ।

मन्त्रीपरिषदको बैठक मंगलबार बिहान ११ बजेपछि बस्ने छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ ।

तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ । त्यसले सरकारले मंगलबार नै कम्तिमा थप एक हप्ता लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय गर्न लागेको हो ।

काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिन लागेको हो ।

नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एकजनामा संक्रमण निको भइसकेको छ।

Leave a Reply

Your email address will not be published.