November 28, 2021

Halkhabar kura

Entertainment Site

आठराईकि विन्दाको ह’त्या आफ्नै देवरहरुबाट भएको खुलासा (भिडियोसहित)

1 min read

तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको हत्या आफ्नै दुईजना देवरहरुबाट भएको प्रहरीले जनाएकोछ । २८ वर्षिया भाउजुको हत्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनु भयो । झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा आएर ह*त्या गरेर विहिवार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएकाे बताइएकाे छ ।

वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका विन्दाका श्रीमान्ले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएको बताइएको छ । विन्दाको विभत्स हत्याले ईवा तीनसल्ले गाउँनै स्तब्ध भएको छ । बालकृष्ण तेह्रथुकमको फेदाप स्थित औसींडाडा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए । घटना पछि अनुसन्धानको लागि प्रहरीको स्थानीय ५ जना युवाहरुलाइ नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ । १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा विभत्स हत्या भएको थियो । प्रदेश स्तरीय प्रहरी टोली डग स्न्याफिङ सहित घटना स्थलमा डियसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डियसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दार सहितको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.