November 29, 2021

Halkhabar kura

Entertainment Site

लोक सर्जक रामु खड्का संगीतसंगै गायनमापनि उत्तिकै सफल

1 min read

काठमाडौं । लोक तथा दोहोरी क्षेत्रमा बहुपतिभामुखि सर्जक कमै छन् जस्ले संगीतका हरेक विधामा उत्तिकै सफलता पाएका छन् । ती सर्जकमध्य एक नाम हो रामु खड्का । बहुप्रतिभा भएका सर्जकका रुपमा आफुलाई स्थापित गराउन सफल खड्का शब्द लेखन, संगीत र गायक यी सबै बिधामा उत्कृष्ट मानिनुहुन्छ । खड्का एक दशकदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सल्यानको अति विकट ठाँउ ढाकाडाम २ भालुखोलामा जन्मिनुभएका खड्कालाई संगीतका राजा भन्दा शायदै फरक नपर्ला । धेरैलाइ थाहा नहुन सक्छ उहाँ नेपाली लोक तथा दोहोरी गीतको पुरानो ढाचाँलाई नया संगीतको सुत्राधार गरि नयाँ संगीतको सुत्राधार गर्ने एक सफल संगीतकार हुनुहुन्छ ।

पढाईसंगसंगै गीतसंगीतको लागि काठमाडौंमा छिर्नुभएका खड्काले सुरुवाती दिनमा निकै संघर्ष गर्नुभयो । केहि कलाकारको साथ पाएपनि समग्रमा त्यति सुखद रहेन उहाँको काठमाडौंको यात्रा अझैं भनौ बसाई । काठमाडौं आईसकेपछि गास, बास र कपासको टुंगो थिएन तरपनि उहाँ आत्तिनुभएन । धेरै संघर्षपछि स्थापित भएको नाम रामु खड्का अहिले सबैको रुचाएको अनि खोजेको संगीतकारमा पर्नुहुन्छ ।

उहाँलाई अहिले नयाँ संगीतको जन्मदातापनि भन्ने गरिन्छ । कारण अहिलेको संगीत बजार उहाँले बनाएको नयाँ बाटोलाई पछ्याउँदै हिडिरहेको छ । यति मात्र हैन पहिलेपहिले लोक दोहोरीलाई लोके भनेर हेप्ने गरिन्थ्यो र अन्य क्षेत्रकाले त्यति राम्रो नजरले हेरेकोपनि पाईदैनथ्यो तर अहिले लोकदोहोरी नसुन्न र मन नपराउने शायदै होलान् ।

सर्जक् खड्काका साथी बनेर, मर्ने मिति, कस्को सिन्दुर, आज भन्दा भोलि माया, बरु यसै दुखी छु , रोएर हेर, नियती, सधै कुरिरहन्छु जस्ता गीतहरु कालजयी अमर र अजर गीत हुन् जुन गीतले नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ आयामपनि थपेको छ । पछिल्लो समयम लोकदोहोरी गीतहरु सुन्ने र हेर्ने दर्शकश्रोता बढ्को श्रेय खड्कालाई पनि जान्छ उहाँका गीतलाईपनि जान्छ ।

खड्का राष्ट्रिय अवार्डअन्तर्गत ‘राप्ती म्युजिक अवार्ड–२०७१’, ‘राष्ट्रिय लोकदोहोरी म्युजिक अवार्ड–२०७३’, ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७३’, ‘छायाछवि तीज म्युजिक अवार्ड– २०७५’, ‘इपिक नेपाल म्युजिक अवार्ड–२०७५’बाट संगीकार सम्मानित भैसक्नुभएको छ ।

पढाईमापनि उस्तै सफल खड्काले राजनीति शास्त्रमा स्नातकोत्तर गरिसक्नुभएको छ । अहिलेसम्म १ हजार हाराहारी गीतमा संगीत भरिसक्नुभएका खड्काले गीतपनि गाउनुहुन्छ र उहाँको आवाजमा शुक्रबारमात्रै सोझोपन बजारमा आएको छ । गीतमा खड्कासंगै गायिका बिष्णु माझीको आवाजपनि सुन्न सकिन्छ । गायन क्षेत्रमा पनि खड्कालाई उत्तिकै सफलता मिलोस हाम्रो शुभकामना ।

 

Leave a Reply

Your email address will not be published.