November 29, 2021

Halkhabar kura

Entertainment Site

गणेश केसीको शब्दमा खेम सेन्चुरीको ‘म रोएको सुन्छ्यौ हौला र’ ? सार्वजनिक (भिडियोसहित)

1 min read

काठमाडौं । लोक तथा दोहोरी गीत क्षेत्रमा खेम सेन्चुरी एक बहुप्रतिभा भएका सर्जकका रुपमा स्थापित नाम हो । गायन, शब्द लेखन, संगीत र नृत्य यी सबै बिधामा उत्कृष्ट मानिएका सेन्चुरी अहिले निकै व्यस्त मानिन्छन् ।

उनको आवाज, श्रृजनामा अहिले लगातार जसो गीतहरु बजारमा आईरहेकाछ जस्लाई दर्शक स्रोताले अत्यधीक रुचाएकापनी छन् । उनै गायक सेन्चुरीको आवाजमा लोक गीत ‘म रोएको सुन्छ्यौ हौला र ? शुक्रबार साँझ सार्वजनिक भएको छ ।

गणेश केसीको शब्द तथा स्वयं गायक सेन्चुरीको सङ्गीत रहेको उक्त गीतमा जीवन साथी गुमाएपछिको दुखद कथालाई समेटिएको छ । मात्रै दुई श्रीमानश्रीमती भएको एउटा सानो खुसी परिवारमा सन्तानको आगमन हुदैछ भन्ने खबरपछी छाएको खुसिमा बाँचेका जोडि गीतमा बिछोडिएका छन् ।

सन्तानको आगमनको सपना बुनेर बसेकोलाई एकाएक श्रीमती र संसार देख्न नपाउँदैको सन्तानले छोडेर जादा एक्लो प्राणिमा दुखको पहाड बर्सिन्छ यहि कथालाई ईश्वरबाबू र जुना गुरुङले अभिनयमार्फत उतारेका छन् ।

गीतमा श्रीमतीको मृत्युपछि भुल्न नसकेर उनैको यादमा पागल बनेको त्यो दृश्य निकै पिडादयी बनेको छ । गीत बजारमा आउनुअगाडिनै टिकटकमा निकै रुचईएको छ र सबैले पर्खिएको गीतपनि हो ।

गीतलाई कपिल लामाले निर्देशन गरेका छन् भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । गीत गणेश केसीको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतले दर्शकश्रोताको मन जितोस हाम्रो शुभकामना ।

गीतमा शब्द यस्ता रहेका छन्

बिन्ती गर्छु म कोटीकोटी
फर्किएर आईदेउन एकचोटी
मर्छु बौला र, ए सानु म रोएको सुन्छ्यौ हौला र ?

सपनीमा झुर्लुक्क आउछ्यौ
एकछिनपछि का जान्छ्यौ, का जान्छ्यौ
मर्छु बौला र, ए सानु म रोएको सुन्छ्यौ हौला र ?

तिमी आकाश म तल धर्तीमा
उस्तै माया छ तिमी पर्तीमा
मर्छु बौला र, ए सानु म रोएको सुन्छ्यौ हौला र ?

रातदिन छाती कटक्कै, कटक्कै
मनले भुल्न मान्दैन पटक्कै
मर्छु बौला र, ए सानु म रोएको सुन्छ्यौ हौला र ?

Leave a Reply

Your email address will not be published.