November 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना भाइरको शंकामा भर्ना भएका तीन जनामा संक्रमण नभएको पुष्टि, अस्पतालबाट आजै डिस्चार्ज

1 min read

काठमाडौं । कोरोना भाइरसबाट प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने नेपालीहरुलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म कसरी पु¥याउने भनेर अभ्यास गरिएको छ । चीनबाट ल्याउने नेपाली विद्यार्थीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको कार्यलयमा राख्ने निश्चित भएपछि आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नाराणप्रसाद विडारी लगायतको टोली सहभागी रहेको थियो । उनीहरुलाई राख्ने स्थानको आज बेलुकासम्म तयार पार्ने गरी काम भइरहेको छ ।

भोली दिउँसो ३ बजे नेपाल एयरलाइन्सको बाइडबडी जहाज चीनतर्फ जादैछ । उक्त जहाज आइतबार नेपाल आइपुग्ने छ । खरिपाटीमा १८५ विद्याथीलाई राखिने छ ।
यस्तै कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका तीन जनामा भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

गत बुधबार एक चिनियाँ नागरिकसहित दुई नेपाली भाइरसको लक्षण देखा परेको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए ।
परीक्षणका लागि पठाइएको नमुनामा भाइरसको संक्रमण नभएको पाइएपछि तीनै जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिनुभयो ।

उनिहरुमा कुनै पनि संक्रमण नभएको पुष्टि भएपछि आज दिउँसो डिस्चार्ज गरिएको डाक्टर बास्तोलाले बताउनुभयो । यसैगरेर एक हप्ता अगाडि अस्पतालबाट भागेका भनेका साउदी अरेबियन नागरिक बिरामी नभई कुरुवा भएको डा. बाँस्तोलाले बताउनुभएको छ ।

भागेको व्यक्तिको साथीलाई कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएको थियो । संगै आएका साथी बिरामी भएपछि ती नागरिक अस्पतालमा कुरुवा बस्न पुगेका थिए ।

Leave a Reply

Your email address will not be published.