January 21, 2022

Halkhabar kura

Entertainment Site

आज ‘प्रणय दिवस’ विश्वभरका प्रेमी प्रेमिकाहरुले प्रेम उपहारको आदान-प्रदान गरेर मनाइदै

1 min read

काठमाडौँ । आज भ्यालेनटाइन डे अर्थात् प्रणय दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् ।

पछिल्लो समय भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा नेपालमा पनि हरेक वर्षको १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे मनाइईदै आइएको छ । विश्वव्यापी मान्यता पाएको भ्यालेन्टाइन डे ले नेपाली समाजमा समेत जरो गाडिसकेको छ ।

यसले नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिइन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाईप्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ । आजको दिनमा रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेमकहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल रहोस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन छ । यसलाई शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीकको रुपमा लिइन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो। गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ ।

प्रणय दिवस नेपालमा पनि प्रेमि–प्रेमिकाहरुको लागि भनेर विभिन्न ठाउँहरुमा स्पेशल पार्टीको समेत आयोजना गरिएको छ भने कलेजमा प्रेम पत्र लेखन प्रतियोगीताको आयोजना गरिएको छ ।

के दिने भ्यालेनटाइन डे मा गिफ्ट ?

भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् ।

यस अवसरमा आफुले मन पराएको केटा वा केटी साथीलाई प्रपोज गर्ने गरिन्छ । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् । तपाईले गर्ने माया सदाबहार होस् ।

मानिसहरूलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ । प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो । यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन् । यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन् । समय अभाव भएका व्यस्त जोडीले समेत यो दिन केही समय एक–अर्काका लागि छुट्याउँछन् ।

प्रेमी जोडी तथा विवाहित जोडीहरू घुमघाममा निस्कन थालेका छन् । यस्ता जोडिले विभिन्न उपहार आदान–प्रदान गर्दै यो दिनलाई स्मरणीय बनाउँदै आगामी यात्रा सुमधुर बनाउने प्रयास गर्छन् । प्रणय दिवसका लागि उपहार किन्न पाइने पसलहरूमा समेत विवाहितहरूको संख्या बढ्न थालेको छ । कलेज तथा स्कुल अध्ययनरत केही विद्यार्थीले मात्र रमाइलोका लागि यो दिनलाई प्रेम अभिव्यक्त गर्न प्रयोग गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.