October 29, 2021

Halkhabar kura

Entertainment Site

ब’म र मि’सा’इल हा’न्न सक्ने संसारकै सबैभन्दा खत’रनाक ड्रोन

1 min read

काठमाडौं

अमेरिकाले २०२० को जनवरी महिनाको सुरुवातमै इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको ड्रोन आक्र’मण गरेर ह’त्या गरेको थियो । केही महिना अगाडि मात्र जम्मु कश्मिरको श्रीनगरमा रहेको भारतको सैन्य एयरबेसमा पनि ड्रोन आक्र’मण गरिएको थियो । यससँगै ड्रोन कतिसम्म खत’रनाक हुन सक्छन् भन्ने विषयमा चर्चा बढेको छ ।

हामीकहाँ विभिन्न फिल्म वा डकुमेन्ट्रीको सुटिङका लागि ड्रोनहरुको प्रयोग बढेको छ । आजभोली टेलिसिरियलदेखि गीतको भिडियो सुटिङ गर्न पनि ड्रोनको प्रयोग गर्न थालिएको छ । यी भिडियो खिच्ने ड्रोनहरु निकै कम क्षमताका ड्रोनहरु हुन् र यिनीहरुको क्षमता पनि अत्यन्तै न्यून हुन्छ । तर, सैन्य क्षेत्रमा प्रयोग गरिने ड्रोनहरु भने निकै शक्ति’शाली हुन्छन् । यिनीहरुको क्षमता हामीले कल्पना गरेभन्दा पनि बढी हुन्छ ।

विश्वमा अहिलेसम्म निकै खत’रनाक ड्रोनहरु विकसित गरिएका छन् जुन ड्रोनहरु अन्तर महादेश अन्तर्राष्ट्रिय उडान गर्ने ठूला विमानहरुभन्दा पनि उचाइमा उड्न सक्छन् । यी ड्रोनहरुले दुश्मनहरुमाथि निकै शक्तिशाली बमदेखि मिसाइलसम्म हान्न सक्छन् । विश्वकै सबेभन्दा शक्तिशाली यो ड्रोनको नाम एमक्यु नाइन रिपर हो र यसलाई प्रिडे’टर बी भनेर पनि चिनिन्छ । अमेरिकी वायुसेनासँग कम्तीमा ९३ वटा एमक्यु नाइन रिपर छन् ।

इनसाइडरको एक रिपोर्टअनुसार एमक्यु नाइन रिपरबाट एजीएम ११४ हेलफायर मिसाइल हा’न्न सकिन्छ । यसबाहेक यो ड्रोनबाट जीबीयु १२ पेभवे ३ र जीबी ३८ ज्वाइन्ट डाइरेक्ट अट्याक म्युनिसन्स जस्ता खत’रनाक बम खसाल्न सकिन्छ । यो ड्रोनलाई १ हजार ८५० किलोमिटर टाढाबाट पनि चलाउन सकिन्छ । अमेरिकाले एमक्यु नाइन रिपर ड्रोनको प्रयोग गरेरै इरानी कमाण्डर जनरल सुलेमानीको हत्या गरेको थियो ।

एमक्यु नाइन रिपरको सबैभन्दा खतरनाक विशेषता भनेको दुश्मनले यो ड्रोन आफूनजिक आएको थाहा पनि पाउँदैनन् किनकि यो ड्रोनले एकदमै कम आवाज निकाल्छ । एमक्यु नाइन रिपरलाई संसारकै सबैभन्दा घा’तक ड्रोनमध्येको मानिन्छ । यो आफ्नो गति र प्रहार गर्न सक्ने क्षमताका कारण पनि घातक मानिएको हो । यसको तौल कुनै अफ्रिकी हात्तीको जति हुन्छ ।

यो ड्रोन कुनै पनि व्यवसायिक जहाजभन्दा धेरै उचाइमा अर्थात समुद्र सतहबाट १५ किलोमिटर उचाइमा उड्न सक्छ । कुनै पनि जहाज समुद्र सतहबाट ११ किलोमिटर माथि मात्र जान सक्छ । यो ड्रोन तीब्र हावा चलिरहेको बेलामा पनि उड्न सक्छ । यसले १ हजार ७ सय किलो तौल उठाएर उड्न सक्छ । यो ड्रोन ४८२ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ ।