September 24, 2021

Halkhabar kura

Entertainment Site

सर्वोच्च द्वारा मन्त्रि विरुद्धको मुद्धामा मिसिल झिकाउन आदेस

1 min read

जेठ \३०\ २०७८

सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री विरुद्ध दायर नैतिक पतन विरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।

मिसिललाई सर्वोच्च अदालतमा विचाराधीन रिट निवेदन अवलोकनार्थ राखी पूर्व आदेसानुसार अन्तरिम आदेश छलफलका लागि नियमानुसार पेस गर्नु भन्ने आदेश इजलासले दिएको हो ।

सूर्यमणी गौतम रिट निवेदक रहेको उक्त मुद्दा कर्णाली प्रदेशका सांसद अमरबहादुर थापा विरुद्ध दायर भएको थियो।

हाल अमर बहादुर थापा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन् ।

सूर्यमणी गौतम रिट निवेदक रहेको सोमुद्दामा दैलेख जिल्ला अदालतबाट २०४७ असार १४ गते र २०५० पुस ६ गते भएको कीर्ते जालसाजी मुद्दाको सक्कल मिसिल झिकाउन इजलासले आदेश दिएको हो ।