September 24, 2021

Halkhabar kura

Entertainment Site

कर्णाली प्रेदेशाका जनता निरास-नीति तथा कार्यक्रममा आएन केहि नया

1 min read

२०७८,जेष्ठ,३०,आईतवार

कर्णाली प्रदेश सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रममा खासै केहि नया दिन सकेन।

जल  बिध्युत आन्तरिक पर्यटन लगायतका पुरानै कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ।

स्वास्थ्यमा भने कर्णाली प्रदेश सरकारको ५०० सैयाको कोभिड अस्पताल निर्माण जस्ता कार्यक्रमले जनतालाई केहि राहत पुगेको छ।

कर्णाली प्रदेशमा किचलोको वाबजुद स्थिर हुन सफल अहिले बनेको नया सरकार संग जनताले केहि नया आशा राखेका थिए तर सरकारले जनताको नया आसा माथि अङ्कुश लगाउँदै पुरानै योजनालाई निरन्तरता दिने उद्घोस गरेको छ। नीति तथा कार्यक्रममा केन्द्र सरकारको सिको गर्दै कर्मचारीलाई १२ दिन सम्म पर्यटन बिदा दिने कार्यक्रम लगायत दुर्गममा आवासीय विद्यालय, प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल,पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना र छोरी-बुहारी छात्रवृत्ति , कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पताल बनाउने, जस्ता कार्यक्रमहरु ल्याएको छ जुन कार्यक्रम विगतमा आइसकेको तर सफल हुन नसकेको हो।

सरकारले कालीकोट, मुगु, हुम्ला र डोल्पामा आवासीय विद्यालय सञ्चालन गर्ने योजना पहिल्यै ल्याइसकेको तर हालसम्म सो योजना पुर्ण भएको छैन। प्रदेश सरकार स्थापना कालदेखि नै प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउने योजना ल्याएको थियो तर कामभने हालसम्म हुन सकेको छैन। योजना आउने तर कार्य नहुने क्रियाकलापले जनतामा निरासपन छाएको थियो तर नया बनेको प्रदेश सरकारले जनतालाई केहि दिन्छकी भन्ने थियो त्यो हुन सकेन ।

केन्द्र सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् सरकारी कर्मचारीहरुलाई १० दिने पर्यटन काज दिने घोषणा गरेको सिको गर्दै आन्तरिक पर्यटन बिकाश गर्न भन्दै कर्णाली सरकारले पनि कर्णालीले कर्मचारीलाई पर्यटन खर्चसहितको १२ दिनको पर्यटन बिदा उपलब्ध गराउने घोषणा गरेको छ। जुन खर्च सदुपयोग हुनेमा संखा नै छ , यसै विषयलाई जोडिने खानको सरकारको अर्को योजना हो सुर्खेत-सिद्धपाइला, कालिकोटको कोटवाडा-मान्म, मुगुको रारा-मुर्माटप लगायतका स्थानहरूमा केबलकार निर्माण यो कार्यक्रमको पनि स्थलगत सर्वेहरु भइराखेको छ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ५०० शय्याको कोरोना अस्पताल निर्माण गरिने उल्लेख छ , “साथै कर्णालीको पानि लानाताको लगानी” जस्ता जलाबिध्युता अथावा जल संग जोडिने नीति तथा कार्यक्रम बोकेर आएको अहिलेको प्रदेश सरकारको योजना तथा कार्यक्रम प्राय निरन्तरतामात्र हो खासै कुनै नौलो छैन।

नीति तथा कार्यक्रम प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेका थिए।