September 24, 2021

Halkhabar kura

Entertainment Site

देशलाई बर्वाद पार्न’ कम्युनिष्ट-कांग्रेस या अमुक दल’को गोटी बनेर कहिलेसम्म योगदान गर्ने युबा हो !

1 min read

युबाहरुलाइ अपिल !

काँङ्रेस र कम्निस्ट दल बिशेषमा लाग्ने युबाहरुलाई भन्न चाहन्छु । म आफैं नेकपा एमालेको २५ बर्स लामो भोलेन्टियर थिँए , मैले उक्त अवधिमा संगठनको आधिकारिक सदस्यता कैलेइ लिइन तर समाजलाइ सकेको ठाँउबाट जैलेई नेतृत्व गरि रहन्थे ।

तर जब मावोबादीसँग ओलिले संगठन सुदृण बनाउने नाउमा नेकपा एमालेको कबरस्थान खने त्यसै दिनदेखि कम्युनिस्टप्रती म फर्कनै नसक्ने ठाँउमा पुँगेको हुँ ।

प्रीय युबा मित्रहरु

खतिवडा योगेन्द्र

म अपिल गर्न चाहन्छु कि , यो देसमा आज तिमी जसरी सत्ता वा शक्तिको आडमा कसैबाट प्रयोग भै रहेका छौ नि, त्यसरी नै हिजो कुनै अर्को दलले तिमी जस्तै लाखौं युबाहरुलाई प्रयोग गरेर स्वार्थ प्राप्ती पछि नालीमा फालिदिएको थियो र तिन्को आज खाडिका विभिन्न मुलुकको बास भएको छ ! ती युबा पार्टिमा रहुन्जेल यसरिनै तिम्म्रै शैलिमा गुन्डागर्दी र दादागिरि गर्दथे तर आज बिरानो देसमा भिजेको मुसो जस्तो भएर आधा पेट खाएर ५०° को खाडिको घाम सँग लड्दै तेइ २०/२२ हजार बचाइ रहेछन । यति मात्र हैन बिरामी हुँदा भनेको बेला हस्पिटल सम्म जान पाँउदैनन भने ठाडो सिर बनाएर आफ्नो मालिकलाइ हेर्न् सक्नेत सवालै आउदैन ।

ज्ञानेन्द्र शाही को हुन केहुन मलाइ लिनु दिनु केही छोइन तर मैले ज्ञानेन्द्र शाहिकै मुखबाट रुदै बोलेको सुने कि ओलिका साइबर सेनाहरुले आक्रमण गरे भनेर ! यो कस्तो बिडम्बना हो ? हिजोका तिनै युबाहरु आजसम्म रोजगार नपाएर, आर्थिक समस्या झेलेर दरिद्रताको जिवन विताइरहेका छन् । आज ज्ञानेन्द्रलाइ आक्रमण गर्नेहरु जस्तै हिजो प्रचन्डेको पछि लागेर हजारौंलाइ घरबार बिहिन , बेपत्ता , अंगभङ्ग र लावारिस बनाउने ती तमाम अग्रगामी युद्द भनेर लडाइएका लाखौं युबाहरु दस बर्स चलाइएको डिजाइन युक्त कथित आन्तरिक गृहयुद्दले छियाछिया भै परिवार पाल्नकै लागि आज बिस्वका विभिन्न कुना – कुनामा पुगि नर्कको जीवन बिताइ रहेछन ।

ठिक त्यसरिनै आज तिमीलाई पेट्रोल दारु र रक्सी पिलाइ कसैको ज्यानै लिन प्रयोग गर्नेहरुले पनि त्यसरी नै कुनै दिन तिमिहरुलाइ आफ्नो उदेस्य पुर्ती पश्चात् नालिमै मिल्काइदिनेछन् र भोलीका दिनहरुमा चरम दारिद्रिक जिवन बिताउनेछौ । तिमिहरुलेत आफू आफ्नो परिवार र समाजको भविस्य हेर्नु पर्ने थियो तर कुनै अमुक दलको गोटी बनेर देशको साथै आफ्नो जिवन आखिर कैलेसम्म बर्वाद गर्दछौ ?

ज्ञानेन्द्र शाहिलाइ भौतिक रुपमा चोट पुर्याएर क्षणिक खुसित भयौ होला तर तिमि र तिम्म्रा मालिकहरु यो घटनाले अब थर्थरि कापी देसै भरबाट लखेटिने छन त्यसपछी सोचत तिम्म्रो आजको यो गुन्डागर्दिको जिन्दगी भोलि के होला ? आज लाखौंको संख्यामा ज्ञानेन्द्रहरु यो कथित संसदिय सत्ताले जन्माइ सकेको छ ।

त्यसैले सक्छौ भने बरु, तिम्रा जिल्ला जिल्लामा , दुर्गम गाँउका कुना कन्दरामा पबित्र मन लिई आउने सामाजिक अभियन्ता , समाजसेवीलाई स्वस्थ मनले सहयोग गर बरु त्यसका लागि एक छाक मात्र खाउ तर कुत्सित राजनैतिक गन्ध बोकि समाज भिडाउन आउने कथित जानेमन हरुलाइ जुत्ताको माला लगाइ कालोमोसो दलेर लखेट । यो देशलाई अब राजनीतिका नाममा अराजकता होइन बरु समाजसेवाका नाममा शान्ति र समृद्धि चाहिएको छ त्यता तर्फ तिम्म्रो जोशिलो इनर्जी खर्च गर ।

धन्यबाद ।

खतिवडा योगेन्द्र