October 17, 2021

Halkhabar kura

Entertainment Site

ओली पदमुक्त भएको तिन दिनमै एमाले संसदीय दलका नेता प्रधानमन्त्रीमा नियुक्त !

1 min read

एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गर्न आह्वान गरेकी थिइन्। त्यो समयभित्र कसैको पनि दाबी पेस नभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

बहुमतीय सरकारका लागि कसैको दाबी पेस नभएपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबभन्दा ठूलो दलको नेताका रुपमा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथ भने शुक्रबार हुनेछ।